नारायण पोखरेल
म किन डराउछु यी बिकासहरु सङ्
म किन डराउछु यी बिकासहरु सङ्
जोबन् निकास भय झै
युवा पलायन् हुन्छन,
जोतन् न सकेर ,आफ्ना खेत
अरुको देशमा बौरनछन
म डराउँछु……………….
जङ्ली अब्स्था झै नांगिन खोज्छन् सुकुमारीहरु
पर्दा का परिद्रिस्य सोचेर,
पुर्खा ,बस्ति ,आफ्लिन्छन
आधुनिकतामा छरियर !
त्यागेर भेषभुषा
आदर्स ,पहिचान्
भेटछु जब ,ती बन्छन् अन्जान्
म डराउँछु ……………
कछाड लाउने बाबा लाई , टाई लाउने छोराले ,नोकर भनेको देखेको छु
सेवा र स्रिजनाकि ममतालाई
कार चडने ले ,रेटेको भेटेको छु
न दुधको मुल्य न रह्यो , न बिर्यको भाउ
दौलतको शिखरले मन् पोलेको भेटेको छु
म डराउँछु ……………
झरि मन ,
झरि भयछ मन , किन बगी दियछौ
पाइताला ती तिम्रा ,ठोकियर ,ढलिदियछौ
पछ्याउँ म कन्हाँ सम्म , फेरी तिमि अडि दियछौ
मनै त खोजि मैले,किन तिमि झरी दियछौ
चाहेर चुमन नसक्ने ,आकास बनि दियछौ
जून देखे निरन्तर किरि पो, भयी दियेछौ
जागोस सधै त्यो आत्मा बनि ,त्यो रहोस त्योधुर्ब
दोखौं निरन्तर गगन्मा ,त्यो जुन साथी सङ् !
रुम्लि रहेछ मन
मन मुर्दा भयछ
जागेछु,निंदबाट
हरायको मन्स्थितिबाट
जीवनका उन्मादहरु बाट !
म आँफै हराउन खोजेछु
आफ्नै चाहत बाट
मन सङ असरल्ल
बिबेच्य बस्तुहरु ,
मन भरी सङ्लियर बसेछ
आस्थाहरु मुटुमा निर्बिकल्प जकडियर अडेछ?
कतै फुकाउँ भन्छु ,
गाँठाहरु
झन झन् कसियर अनन्तमा पछारियर
अकल्पिनिय भयर रुन्छ मन ,
तन रुन्छ
रुनु मेरा मन्का ,आबस्यकता हुन की
बुझन् नसकेर छरियको हो कि मन
कसियको हो कि मन !
भाबुकतामा ,रुनु हास्नु
यो दुर्भेद्य मन
पग्लि रहेछ
र बग्न खोजिरहेछ
खोल्सा
पोखरी
नदि र कुलोमा
पर्खन न सकेर, समुद्र !
अगाधता
र अनन्ता
मन बाँधियको छ ,
तन बाँधियको छ
बाँधियर समग्रता
भाव बाँधियको छ !
भत्कियको शहर !
भत्कियको शहर, छ ,मेरो नगर
जाउँ कि भन्छु,पालेछु ,छ ,रहर
छ रे छरप्रस्ट ,भत्कियका डगर
चुक अँध्यारो छ,मन अलमल
भत्कियको शहर छ ,मेरो नगर
भाँचियका छन् ,कानुन का घर
रात बिरात नाचकै छन टर टर
छोयर जान्छ ,चरित्रका अङिन्ति बिचार
छैनन आफ्ना भन्ने ,कुनै सदाचार
भत्कियको शहर छ ,मेरो नगर
युवा छन बिदेशका ,रुग्छन् रातका प्रहर
सुत्छन् अरु पाई ,तिन्को सुरक्षा, नित्य भर
रुन्छ घर घर ,प्रिया,महतारी
ठान्छन् सब यो भो ,कर्म हारी
हाँस्छन बन्दुके ,सन्तान आफ्नै ती मारी
भत्केको शहर छ , नेता खान्छ , सब् डकारी। ,
