उराठिदै छ मन
मनको के कुरा
दुगुर्छ, उफरन्छ
काउकुतीमा जोडिन्छ
दिन रात बोकेर
आँफैंसँग,
कहिलेकाहीँ कुर्लन्छ
यो मन्को के कुरा
छण छणमा बौरिन्छ
बिरहमा कुन्जिन्छ,
क्षण्, क्षण् ! पल पल
आफ्नै स्वरमा लहरिन्छ
लतारिन्छ
फ्टकारिन्छ,
दोषका असंख्य भार बोकेर
मिलनमा मुस्काउछ !
के भन्ने ? शव्दरहित, बनिदिन्छ
आकार रहित
निशव्द बनी दिन्छ
नितान्त यक्लो मन
परिदृष्यमा उडिरहन्छ
धक धकिएर छातीमा, बसी रहन्छ
यो मन
कहिले बन्द कोठा झै
कहिले खुला हावा झै
उमङमा उडी रहन्छ, यो मन,
हाम्रो मन !
