यी रित्तिएका छन् मन
भएर संज्ञाहिन पनि
एकोहोरो म छु संज्ञा शुन्य
अन्तरकाका स्वरहरू बाँधेर
अडने खुटकिलो भाँचिए झै
बरालिरहेछन् पाईतालाहरू
कतै अल्झए झै !
सुनाउ रक्तका लोलीले
बन्दैन, कुनै कथा
मृत छ भावका
असन्ख्य आफ्नै कथाहरू !
लेखेर लेखिन्न
पाउका हतकडीहरू
खोजेर देखिन्न ती टाटा घाउहरू
बिरक्तिएर के हुन्छ र मन
त्यो त गढन्ते रोगमा दरिन्छ !
मनका दसा हुन
नया आलोकमा फेरिन्छ
विवशता पोख्नु अर्थ रहित
स्वार्थले बाँचेको युग् यो
बीभिसष्ता पनि
अन्योलमा दरिन्छ
हामी अन्योल भएर बाच्छौं
हामी अन्योल हौं !
