Skip to content


जल्छ मन
फल्छ मन
घरी हाँसो
घरी रोदन !

यो चन्चल मन
आसिलो, निरास मन
बाग बाग
गुराँस मन
शितलता को
मधुर, राप् मन
जगको तन्मय, यो मन !

स्वेत बस्रझै
दुग्धाम्रित मन
हंस रंग समाहित रङ्
स्वच्छ गगनका
निराकार, चिन्तन् !
यो मन!
नृत्य सरी
हर ताल दुरङ्
सुगन्धमा
लेपित मन
अंमृत मय
दिन्छ ! सुन्दर बचन
यो मन, खोली हेर,
बुझी हेर,
धडकन्छ पल पल
दिन्छ भाव अकथनीय
यो मन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *