तिमी खोज्छु हो, म तिमी खोज्छु
समथल होइन डाँडाँरोज्छु
गडेका यी पयरका काँडा
म त प्रेमको सौगात भन्छु
हर तरह तिमीमा नै लिन छु
तिमी खोज्छु हो, म तिमी खोज्छु !
हतास छैन म, छु म बहार
चल्दैन् आँखा गर, लाख शृंगार
डुबेछु किन, किन शितल प्यार
मधुमासको मै हुँ, तिम्रो पुकार
कति कति देख्छु, म हैरान छु
तिमी खोज्छु हो, म तिमी खोज्छु !
रसरङका, पनि चाह छन
तडपनका कति, आह छन
सुर छन् सुरका कति मधुर छन्
बोल अनन्न्त, मन ती छुन्छन्
तिमी जगत, भन्दै, भजन म भज्छु
तिमी खोज्छु, म तिमी, नैखोज्छु !
