Skip to content

दिव्यदीप दहाल

लौन यो हर्पसजोस्टरले

वजन नि घटायो ताकत नि सकायो, कस्तो रोग लाग्न पुग्यो रे
क्या मलाई सतायो, आदि मुहार लटायो, लौन यो हर्पसजोस्टरले

सोच्न नि सकिन, भन्न नि सकिन हो, सिकिस्तै यसले बनायो
न कैले देखेथें, सुनेथें, भोगेथें, सुटुक्कै पसेर आफै जनायो

खानु न पिउनु हो, बोल्नु न हास्नु भो, किन हो रुने बनायो
ज्वरो नि फुटायो, गाला नि रतायो, दांतै नि दुखायो बातै छुटायो

मान्छे छुन नहुने सन्दर्भमा

मान्छे मान्छे वीच भेदभाव हुनु कुनै नौलो कुरा होइन । छुवाछुतको कुरो चलेकै हो, भोगेकै हो, कतै कतै अँझै पनि भोग्दैछन् । ऊ ठूलो जात, म सानो जात, म उँचो मान्छे, ऊ निचो मान्छे, उसको घरभित्र म पस्न हुंदैन, मेरो घरमा ऊ पस्न हुन्छ, हाम्रोले त्यो पधेंरोमा पानी भर्न हुंदैन, तिम्रोले यो मन्दिरमा पूजा गर्न हुंदैन, यस्ता वाद विवाद यी कानले कति सुने कति १ त्यस्तै लोग्ने (पुरुष) मान्छे, महिला (स्त्री) मान्छे वीचमा पनि छुवाछुत चलेकै हो जस्तो परसरेकी (छुई भएकी) महिला चार/पांच दिनसम्म छुन हुदैन । फेरि चोखिए पछि छुन हुन्छ, पकाएको खान हुन्छ यस्ता चलन प्रचलन थिदै थ्यो, छदै छ, केही खुकुलिएको छ । अर्थात बाटो, पधेरो छोईदैन आज भोलि १ सुकेका अन्न–पात, नभिजेका लुगा–फाटा, माझेर सुकेका भाडा–कुडां नछोइने मानेर चलनमा ल्याएका छन् ।

आखिर किन उसले एक डलरमात्र माग्यो ?

संसारमा यस्ता धेरै मान्छे हुन्छन्, केही विशेष परिस्थिति वा विशेष चाखलाग्दा कुरा गर्दछन् । यस्ता कुरा कोहीलाई वास्ता हुदैन भने कोहीलाई सोच्न बाध्य बनाउदछ । दवाई पनि त्यस्तै हुन्छ, त्यही दवाई त्यही मात्रा कोहीलाई ट्याक्कै लाग्छ कोहीलाई समय लाग्छ वा लाग्न सक्छ । कुनै भाषण, अर्ती, सल्ला पनि कोहीलाई मन छुन्छ कुनैलाई मतलव नै हुदैन । गीत पनि त्यस्तै हुन्छ त्यही मेलोडीको गीत कोहीका आँखा रसाई दिन्छ, कोहीलाई सामन्यमात्र लाग्द छ । भजन पनि त्यस्तै हुन्छ, त्यही भजन कोहीलाई नशा लागेझैं लठ्ठ पारि दिन्छ भजनको रसस्वादनमा चुर्लुम्म डुब्दछन् भने कोहीलाई सामन्यलाग्द छ । मान्छेको अनुभूति पनि अनेक प्रकारका हुँदा रहेछन्, कसरी बयान गर्ने खै ?

दशैंशुभकामना

यो दशैमा छ मेरो, मंगलमय शुभकामना !
लौ आयो चाड दशै, घर–आंगन मनाउन ।
कोटी मंगलमय, सबैमा छ शुभकामना ।।

सु–संस्कृति जगेर्ना, गर्ने मान्यजनहरूमा ।
बडागुरु– पुरेत, अनि श्रद्धावानहरूमा ।।
बाबु–आमा घरका, नाता– साइनु पर्नेहरूमा ।
यो दशैमा छ मेरो, मंगलमय शुभकामना ।।

अफ्रिकाको कम्पाला — नैरोवीका केही महत्वपूर्ण स्थानहरूको यात्रा संस्मरण, (तेस्रो भाग)

अफ्रिका कै कुनै मुलुक यस्ता छन् जुन नेपालभन्दा पनि स्तरीय र मननीय पनि छन् । यस्ता देशहरूका भ्रमणले आफ्ना देश र यी देशहरूमा के भिन्नता पाइन्छ भनेर तुलना गर्ने र कमीकमजोरी लाइसुधार गर्ने मौकाहरू पनि पाइन्छ । यसै शिलशिलामा अगस्त १५ तारिक २००९मा तीनजना नेपाली अधिकृतका टोली भ्रमणमा गएको थियो रमाइलो मान्दै १६४५ बजेतिर केनिएको सीमाना पुगियो ।

सबै यात्रीहरूलाई ओरालेर समानसहित बस सीमा पारी गयो, हामी बहिर्गमन भिसा लगाउन लामबद्ध भयौं, झण्डै १५.२० मि.को पर्खाई पछि, पासपोर्टमा एक्झिटको छाप लगाएर केनियाको क्षेत्रमा गइयो । यी दुवै देश अंग्रेजी बोल्ने देश भएकोले भाषाको ससमस्या भएन । पहिलेभन्दा अलि बढीको पर्खाई पछि फलामे झ्यालबाट हात छिराएर पासपोर्ट दिइयो।

ठूलो र असल मान्छे त्यतिकै भएको हुदैन ?

“भनिन्छ नि हुने बीरुवाको चिल्लो पात ” चिल्लो पात अर्थात स्वास्थ्य, निरोगी, तन्दुरुस्ती वा मल जल पुगेको, राम्रो स्याहार गरेको के शव्द प्रयोग गर्दा चित्त बुझ्दछ प्रयोग गर्दा हुन्छ । भन्न खोजिएको चाहि माथि आउने बीरुवा वा बालक शुरुदेखि नै राम्रो हुनु जरुरी छ । बाल्यअवस्था राम्रा नभएकाहरू के ठूला मान्छे भएका छैनन् ? प्रश्न उठ्न सक्छ, छन् सीमित, जस्तो पुरुषमा रत्नाकर डाकूबाट ऋषि बनेको र महिलामा फूलनदेवी डाकूबाट बेण्डिट क्वीन देखी एम. पि. हुदै मन्त्रीसम्म भएको उदाहरण नभएका होइनन् । त्यसमा पनि ठूला र असल भन्ने कुरा अलग हो । ती विशेष उदाहरणमा पर्दछन सामन्यमा होइन । जेनेरल टु स्पेसिफिकमा जांदा त्यस्तो उदाहरण दिन सकिन्छ तर पनि तिनीहरू किन कुबाटो समाते स्वस्पूर्त हो कि बाध्यात्मक हो भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । बाध्यात्मकमा मर्ता क्या नही कर्ता भन्ने ढिपी आउन सक्छ त्यसकारण त्यस्तो बाटो समातेको हुन सक्छ तर चुरो कुरो त क्षमता हुनै पर्छ अनि परिश्रम र विश्वास भएकै हुन्छ ।

अठार अठारकै कारण दुखद अन्त्य भएको हो त यिनको ?

पश्चिमी अफ्रिकी मुलूक लाईबेरियामा पर्ने पन्ध्र काउण्टी मध्येको एक हो बोमी । राजधानी मन्रोभिया झण्डै सत्तरी कि.मी. पूर्व, दक्षिण एटलान्टिक महासागर, उत्तरमा बोप्पुलु र यसको पश्चिममा ग्राण्डक्याप माउण्ट काउण्टी पर्दछ । ई.स. १९९७ — २००३ ताका चाल्र्स टेलरको राष्ट्रपतीय कार्यकालमा पनि यो काउण्टी राम्ररी प्रभावित भएको थियो । क्षेत्रफलको हिसावले सानै भएनि हालको राष्ट्रपति एलन जोन्सन सर्लिफको गृह क्षेत्र भएको हुँदा महत्व राख्दछ ।

अफ्रिकाको कम्पाला — नैरोवीका केही महत्वपूर्ण स्थानहरूको यात्रा संस्मरण, (दोस्रो भाग)

सोझा र फराकिलाबाटो हुंदै, कहीं दलदल कही पाखो, कहीं बन, कहीं बस्ती, कहीं फलफूलखेती हुदै रमाइरहेका थियौं, बाटोमा देखिने गाई, गोरुको सिड. पनि अनौठो लाग्दथ्योयो युगाण्डामा । हरिनको जस्तो लामो र घुमेको, रातो गोरु मझौला कदका तर बलिया खाईलाग्दा । प्रशस्त चरण पोसिला घाँस, सफा पानी किन मोटो नहुनु ! करीब १०३० बजे ट्याक्सीले त्यो स्थानमा पुर्यायो । अन्यदेशबाट पनि पर्यटकहरू यहाँ अवलोकन गर्न आउँदा रहेछन् । त्यही मूलबाटोबाट अगाडि गए रुवाण्डा जाईदो रहेछ ।

बोल-बोल एबोला

बोल-बोल एबोला ? कति गाँस खाने हो ?
अफ्रिकाका यी मानिस किन लाने हो ?

उन्का, कोठा, बेड छोई, हेरचाह गर्ने
सहयात्रीभई सवार गर्दा, पसिनाले सर्ने
ज्वरो नै हो शुरुमा त पछि वान्ता, रगत
यी लक्ष्यण देखा परे, नगर्नु है संगत

अफ्रिकाको कम्पाला – नैरोवीका केही महत्वपूर्ण स्थानहरुको यात्रा संस्मरण

अफ्रिका महादेशमा थुप्रै देशहरू छन् । केही देशहरू मोजाम्बिक, रुवाण्डा, कंगो, सोमालिया, शेरालियोन, लाइबेरिया, सुडान जस्ता देशहरूमा आन्तरिक वा जातीय दङ्गाका कारण राजनीतिकअसन्तुलनका कारण संयुक्तराष्ट्र्संगमार्फत मिशन संचालन गरी रुवाण्डा, शेरालियोन, मोजाम्बिक जस्ता देशमा पुन शान्ति कायम भइसकेको छ भने लाईबेरिया, सुडान, चाड जस्ता देशहरूमा अँझै मिशन कायमछन् । सुडानको डारफरमा पनि UNAMID (युनाईटेड नेशन हाइब्रिड मिशन एण्ड अफ्रिकन मिशन इन डारफर) संचालन भएको छ ई सं २००७ देखी यसै शिलशिलामा विश्वका विभिन्न देशका प्रहरी, आर्मी तथा सिभिलयनहरू सहभागी हुन आएका हुनछन् ।

पहिचान यसरी हुन्छ नि ?

किन अचम्म मानेर हेरेको ? म सदा भन्दा फरक छु र ?विश्मित मुद्रामा उसले सवाल गयो । फरक हुनु नहुनु अनुहारमा हैन व्यबहारमा हुन्छ, मानिसलाई पुगिसरी आए व्यबहारमा पनि बदलिन्छ भन्छन् आफूलाई विर्सन्छन रे मान्नेजनलाई पनि केही ठान्दैनन रे, विवश ! आशाले भनिन घाम अस्ताउने तर्खरमा थियो, मन्द हावाको गति सगै विवश र आशा गफ मार्दै थिए । बेलुकाको सवा सातको समय, उनीहरु नेपाल बाट डारफर (सुडान) मिसनमा भाग लिन कार्तिक २०६५ सालमा आएका थिए । पाचौ महिनामा उनीहरुको भेट बिदामा भएको थियो ।

म ऊसँग हैरान हैरान भईसके

म ऊसँग हैरान हैरान भईसके ।
उ समाजको तारो बनी सक्यो ।।

म उसलाई, आज घरमा सगाउन भन्छु ।
उ मोबाईलमा पैसा राखिदेउ पो भन्छ ।।
म फखाएर उसलाई पढन जाउ भन्छु ।
उ आज डेटिङ्ग जानुछ मेरो पो भन्छ ।।

DivyaDeepDahal

सुडान भित्र डारफर, महिला र गधाको अवस्था

हरेक मान्छेको आफ्नै हेराई, बुझाई, देखाई र भनाई हुन्छन् । कुनै नौलो कुरा भन्न गईरहेको पनि हैन तर किन यो देशमा दुईवटा प्रणीले विषय बस्तु बन्ने मौका वा स्थान पाए ? प्रशस्त बिषय बस्तु हुदा हुदै पनि यी नै छानिनुका पछाडि पक्कै केही न केही त बिशेषता होला नै ।

सुडान :– अफ्रिका महादेशमा भौगोलिक दृष्ट्रिकोणले सवै भन्दा ठूलो देश सुडान हो, यस देशको क्षेत्रफल २, ५०५८, ८१३ वर्ग कि.मी मध्ये डारफरको मात्र ५०३, १८० वर्ग कि.मी. रहेको छ ।

ताबल्द पख ?

कुनै यस्तो दिन थिएन, आउदा जादा एक दुई वा तीन चारवटासम्म पनि झुण्डििरहेको नदेखियोस्े । शुरु शुरुमा त खासै चासो भएन देखेर, कि जानेर कि भोगेर अनुभव गर्ने हो