दिव्यदीप दहाल

दाइको भाले

विजया दशमी २०७४को टीका ग्रहणगर्न आश्विन १४ गते शनिबार सरस्वती नगर चावहेल गइयो । दाइ हामी लगायतलाई टीकालागाइ दिन घरै बस्नुभएको थियो । परिवार सहित बिस्तारै घरको अन्तिम तल्ला पुगियो अर्थात चौथो तल्ला पुग्नु अघि जुत्ता खोलेर राखियो ढोकाको दाहिना तर्फ कान्छी भाइ बुहारी भाँडा सफा गर्दै थिइन । भित्री कोठामा पुग्नु अघि एउटा ठूलो भाले ढोकैमा भेटियो ।

किन भाग्दैन यो भाले ! मान्छे देखेपछि त कुखुरा भाग्ने गर्थ्यो यो भाले भागेन, म भित्र पसे । पहिले जादाँ कुकुर थियो त्यहाँ अहिले त्यो भालेले कुरको काम गरेको त होइन ! फेरि सोचें यो त खाने कुरापो हो त । कुकुर र भालेमा फरक त छ नि !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हेर न साथी

हेर न साथी त्यो पारी डाँडा हिमाल हाँसेको
घामको झूल्को पाखामा पर्दा मयूर नाचेको

हरियो वन बाघ र मृग बसने रमाई
खुशीले बस्छन् कालिज डाँफे हाँगोमा समाई
पधेंरो रै छ गैरीको दह यी प्राणीले पिउँदछन्
नेपाली माटो नभूली यहाँ गौरवले जिउँदछन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धर्म संस्कार, चलन वा, प्रचलन के हो ?

जोनाथन स्वीटको भनाई यहा उल्लेख गर्न सान्दर्भिक छ – “परस्पर घृणा गर्ने धर्म हाम्रा कयौ छन् तर परस्पर प्रेम गर्ने धर्म थोरै छन् ।”

आफ्नो धर्म मात्र ठूलो, भलो र राम्रो अनि पुरानो हो भन्ने धर्म भीरुहरू प्रशस्त छन् । हामीले मान्दै आएको धर्म सबैले मान्नु पर्छ र गर्नु पर्छ भन्ने एक प्रकारको लडाइँ धेरै पहिलादेखी चलि आएको हो र छ पनि । तर अरुको धर्मको पनि सम्मान गर्नु पर्छ उस्को पनि अधिकार हो, वास्तविकता के हो ? धर्म के हो ? संस्कार के हो समाज के हो भनेर बुझ्ने सबैलाई समेट्न खोज्नेहरू कम छन्, छदै छैनन् हैन, छन् कम छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झरेर गए ती दुई तारा

झरेर गए ती दुई तारा, आउलान् र फेरि उदाउन
सेवक थिए यस धर्तीका, कठीन छन् ती अब पाउन ।।

प्रेमनारायण सर्लाहीका, थिए दोलखाका जनार्दन ।
वैदिक संस्कारका व्याख्याता, देशका धुरन्धर विद्वान।।

धनी तीक्ष्ण बुद्धि विवेकका, र थिए दुवै सन्त ब्रह्मण ।
दिए संस्कृत भाषा – गीताका, ज्ञाता भै बैज्ञानिक प्रमाण ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्यो अव्यक्त पीडा पोखिदैन

जीवित र भौतिक दुई कुरामा, मानवको सोचाइ फरक हुन्छ । मानव सव्यतामा विवाहपछिको घरबारको सुरुवात हुन्छ, जीवित अर्थात सन्तति छोरा, छोरी वा तेस्रो लिङ्गि जे भए नि गर्भमा रहेदेखि नै आमाको सकस र पीडा शुरु हुन्छ । सुत्केरी पीडाको त बखान गर्नु नै बेकार छ, त्यसैले माताको स्थान कुनैले पनि लिन सक्दैनन । बच्चाको कारण ज्यान गुमाएरको थुप्रै घट्ना छन् विश्वमा, अस्पतालको सुविधा भए देखि पीडा घटेको छ र मृत्यु दरमा कमी आएको छ तर शून्य भएको छैन । यसरी जन्माएर कयौं रात अनिदो र कष्टमै बालक हुर्काउनु पर्छ, आमाको काखमा कतिमायां हुन्छ भन्ने कुरा हामी सबै मानवलाई थाहा छ तर त्यो काँख र ओतप्रति हामीले गर्ने कर्तव्य भने फरक छ, विभेद छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मूल्याङ्कन

समाजमा सबै मानव एकै हुदैनन् । कोही तीक्षण बुद्धि, कोही समाज सेवी त कोही प्रबुद्ध विद्वान् हुन्छन्। समानुपातिक मानिस अधिक हुन्छन् जो सामान्य सेवा गर्ने र जीविकोपार्जन मात्र गर्दछन् । थोरै वा सीमित मानिस मात्र तीक्ष्ण बुद्धिका कारण उचो पदासीन भएका हुन्छन् । यस्ता प्रबुद्ध वर्गका व्यक्तित्वका मूल्याङ्न उपल्लो तहासिन वर्ग वा सरकार वा सरकार प्रमुखले गर्ने गर्दछ । जसका कारण थप हौसला मिल्दछ र अँझ स्तरीय सेवा प्रवाह हुन्छ । तर यदा कदा मूल्याङ्न व्यक्तिवादी, नातावाद, कृपावादमा उसको प्रबुद्ध र सेवाका आधार हैन, बरु चाकरीबादमा आधार भएर आउनाले, काम र सेवा वापत गरिने पुरस्कार अवमूल्याङ्न हुन पुगेको छ । पदक र पुरस्कार पाउने प्रति नाक खुम्च्याउनु पर्ने अवस्थाले त्यस्तो उच्च र सर्वोच्च पदक/ पुरस्कारप्रतिको हेराइ फेरिन थालेकोले मूल्याकनको पद्धति नै धरासायी हुने हो कि भन्ने भय रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सहमतिको विवाह राम्रो

मानिसको स्वभाविक प्रकृया भित्र पर्ने, जन्मेपछि नामाकरण, चूडा कर्म (कपाल मुण्डन), पाश्नी (नामाकरण), अन्नप्राशन, बर्तबन्ध, विवाह बाणप्रस्त (बनबास) त्यसपछि मृत्यु आदि कर्महरू हुन् । त्यस मध्यका महत्वपूर्ण कर्म विवाह हो । हुन त यसलाई हलुका रुपमा लिनेहरू पनि कम छैनन् । विवाह आउँछ जान्छ, भएन भने पुन गरिन्छ, खुट्टा भए जुत्ता कति कति भन्नेहरुको जमात ठूलै छ । यी कर्महरू आ-आफ्ने संस्कृति अनुसार गरिने प्रचलन भए पनि आजभोलि भागी विवाह (love marriage)ले प्रस्रय पाएको छ । जन्मेको दिन देखी मृत्यु अर्थात पृथ्वीमा आएको र छोडेसम्मको अवधी नै जीवन हो । मानव जीवन सुखमय वा दुःखमय बनाउन विवाहले ठूलो भूमिका खेल्दछ । अरु कर्महरू एकल हुन्छन् तर यो कर्म जोडी (युगल)मा हुन्छ, दुई फरक संस्कारका परिवारमा जोडिने हुँदा हलुका रुपमा लिनु र हेरिनु हुँदैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उनी त्यसपछि कहिल्यै माइत आइनन्

बुद्धि र मति बिग्रेपछि मान्छेको भाग्य र जीवनको मोड नै अन्तै बदलिदो रहेछ । गल्ती उनको मात्र थिएन, बा-आमा अर्थात परिवारको थियो र समाजको पनि । यस्ता गल्ती (Mistakes) थुप्रै भएका छन् हाम्रो समाजको माझ ! जसले गर्दा एकातिर परिवारजनलाई तनाव भएको छ भने अर्कोतिर स्वयंको जीवन अनिश्चतमात्र हैन आत्मा हत्या सम्को निर्णय लिन पुगेका छन् । यदि त्यस्तो हुने नै हो भने फेरि किन जन्माएर हुर्काउनु पर्छ त ? सही समाधान यो होइन, यसलाई चेतना र विवेकशील मनको अभाव मात्र हो भन्दा हुन्छ। यस्तै घटना भएको छ एउटी चेली उमा खरेल (काल्पनिक नाम) सँग ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झ्याउ लाग्छ मलाई

हाम्रो नेपाली भाषामा कुनै यस्ता शब्दहरू चलन चल्तीमाछन् जसको भावार्थ बुझिन्छ तर ठेट अर्थ देखिदैन । जस्तो “झ्याउ” यसको ठेट अर्थ रुख बिरुवामा पाइने एक प्रकारको बाहिरी झुस हो । यो खासै काममा आउदैन । कुनै विशेष उत्सवमा सजावटको लागि मुख्य द्वारहरुमा हरियालीकोलागि वनबाट ल्याएर प्रयोग गरिन्छ । यस बाहेक यो न दवाइ न दाउरा न मल न घाँस न रङ्गको रुपमा नै प्रयोगमा आउछ । पुरानो र बढी पानी पर्ने स्थानमा यो पाइन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कसरी मनलाई मैत्री बनाउने ?

हामी सबै मानवसँग मन छ । सबै मानवको एउटै मन हुँदैन । आत्मा र मन फरक कुरा हो । कल्पना गरिने कुरा मनमा हुन्छ । आँखाले देखेको, पढेको, अनुमान गरेका कुराहरू मन भित्रबाट प्रष्फुटन हुन्छन् । त्यसलाई संयोजन गरी विभिन्न भाषामा उतारिन्छ, ती उतारिएका लेखन, छापा वा विद्धुतीय साधनहरुद्वारा हामी बुझ्न सक्छौं कुरा यस्तो रहेछ भनेर । यसलाई छुट्याउन मुश्किल छ कि यो हिमाली, यो पहाडी, यो तराइको मन अथवा देशी वा विदेशी भनेर । दिमाग र मनको सम्बन्ध रहन्छ र त दिमागले सोचेको कुरा मनमा खेल्न थाल्दछ । एउटै मान्छेले कयौं भाषा बोल्दछ, एउटै भाषा मात्र बोल्ने पनि मानिस हुन्छन् । भाषा सिकाइ, पढाइबाट आउँछ तर मन त शुरुदेखि नै हुन्छ । एक प्रकारको शंस्कारबाट अर्को प्रकारको शंस्कारमा गइयो भने, मन बदलिन्छ, हिजोकोभन्दा फरक हुन्छ । ऋतु, संगत र शंस्कार अनुसार मन फरक हुन्छ । क्षेत्र, देश, विदेश, समाज, मौसम र शिक्षा अनुसार बन्दछ यो मन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लालचनले अब मेरो फोटोमात्र देख्ने छ !

शहरमा जन्म लिन पाउनु आफैमा खुशीको कुरा हो । पछि यो कुरा बदलिन पनिसक्छ । हरेक जिल्ला सदरमुकाममा साना ठूला जे भए नि शहरै छ, बाटो, बिजुली, अस्पताल, विद्यालय सरकारी कार्यालय जस्ता मानवोपयोगी सबै आधारभूत कुराहरू अँझै शहरकेन्द्रित छन् । यसैकारण मानिस अलिकति आर्थिक अवस्था सवल भयो भने शहरकेन्द्रित हुनु स्वभाविक हो । अँझ शैक्षिक गुणस्तर उठ्यो र राम्रो अवसर पायो भने राजधानी हैन प्रदेशतिर पनि लागेका छन् र लाग्छन पनि । देशको राजनैतिक र आर्थिक अवस्था सवल नभए, खोलाले आफ्नो बाटो आफै लिन्छ भने झैं मानिसले आफूसँग उपलव्ध अवसरमध्ये राम्रो अवसर छान्ने गर्दछ । दु:खै गरेर देश सेवा गर्छु भन्ने कुरा नसक्ने वा नजान्नेहरुका लागि मात्र हुने देखिन्छ अब ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुक्तिनाथको यात्रा र भ्यागुताको संस्कार !

धेरै दिनदेखि मुक्तिनाथको दर्शन गर्ने इच्छा थियो । सेवाकै शिलशिलामा जब पोखरा आउने मौका मिल्यो तब त्यो इच्छा पूराहुने संभावना बढेर गयो । घरायसी कारणले सोह्र श्राद्ध रोकिएको थियो । दशैमा घरजाने मौका परेकोले तिहार जान नपाइने जस्तो भयो । एकदिन मनमा विचार आयो कागबेनी गएर पित्री तर्पण गर्न कसो होला ? मनमा उठेका सबै कुराहरू पूरा हुंदैनन् र केही हुन्छन पनि । कागबेनीबाट सोह्र श्राद्ध सकेर जीपमासवार पूर्व गृह मन्त्री एवं मुख्य सचिव माधव घिमिरे लगायत परिवारजन आमा दाजुभाइ र अगँरक्षक समेत मुगंलिन नजिक त्रिशुली नदीमा जीप खस्दा असामयिक निधन भएको र चालक हामफाली बाँच्न सफल भएको घटना पनि याद आयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पडकाएरै दीपावली र छठपर्व२०७२लाई बिदाइ गरियो

दीपावली र छट हिन्दूहरूको दोस्रो ठूलो चाड आयो र गयो । सधैं यी चाड आउछन र जान्छन् । यी पर्व दशैंभन्दा फरक पक्कै छन् । दशैंमा झै माछा मासू यी पर्वमा चल्दैनन् । अँझ छठ गर्नेहरूकहाँ त एक महिनादेखि माछा मासु बन्द गरिएको हुन्छ। एकातिर मासुको माग कम हुन्छ भने अर्कोतिर एक महिना भएनि केही प्राणीको आयु लम्बिन जान्छ र आयात पनि घट्न पुग्दछ । आयात घटेपछि देशमा मुद्रासंचिति हुन्छ र सो मुद्राले अन्य बस्तु पैठारी गर्न सकिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अभावै अभावको दशै

अभावै अभावको दशै २०७२ को छ शुभ कामना
छैन इन्धन, वर पर आफन्तहरूकहाँ, गइ रमाउन
भाउ बेसा दोब्बर भयो, यहाँ सकिएन दशै मनाउन
उता भूकम्प गयो, यता तराइ बन्द, सकिएन चलाउन
अभावै अभावको दशै २०७२ को छ शुभ कामना

तर्क र आशा सवले गरे, खै त आपूर्ती टरेको
परार गयो, पोहोर गयो दशै, योपाली जाने नै भो
न खसी- भेडा, च्याग्रां आयो, न खुले सुपथ पसल
न चले सवारीहरू, न खेती पाती भए सफल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई भिन्न परिवेशकी आमाहरू

परिवेश (क)

दुख: र मिहनेत गरेर एक छाक राम्रो खान लाउन मात्र हैन, हात कानमा टन्न गहना लगाउन र कालो चस्मा र हिल जुत्ता लगाएर स्कूटीमा घुम्नसम्म पनि कमी गराएका थिएनन गुणा बहादुर भण्डारी (नाम परीपर्तन) भाइले, आफू शिक्षित मात्र भए पनि उनका दाइले, यिनलाई विवाह गर्नु पूर्व राम्रो भारी बोक्न र निरोगी भएकीले पूर्वी पहाड ओखलढुङ्गा तिरकी रेग्मी परिवारकी काम गर्न काठमाण्डौ आएकी भए पनि आफ्ना भाइलाई विवाह गर्न बिचार गरेका थिए । यिन्का परिवार पनि राम्रा वरको खोजीमा त थिदै थियो । तिथि मिति जुर्यो २०५० सालमा । उनी साइली बुहारीको रुपमा सिन्धुपाल्चोकको बन्धनभन्ने गाउमा पुगिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाह्र बाह्रैको कामले बित्छ

बाह्रमहिना दिन बाह्रको म त पनाती,
नाती, छोरा, भाइ सबैको हूँ म जाति !!
काखमा जान्छु, खेल्छु हल्लाई हात खुट्टी,
भावले बोल्छु, सुन्छु म त्यो हातको चुट्की ।।

माँको न्यानो काखहरुमा, घुम्ने चाह मेरो,
नराख भइमा, मलाई त्यो चकटी छैन प्यारो ।।
बाह्रै चोटी खान्छु, सुत्छु, उठ्छु बाह्रै प्रहर,
बाह्रै पटक सु-आची हुन्छ नानामा हैन रहर ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अफ्रिकाको कम्पाला — नैरोवीका केही महत्वपूर्ण स्थानहरूको यात्रा संस्मरण, (चौथो भाग)

अफ्रिकाकै कुनै मुलुक यस्ता छन् जुन नेपालभन्दा पनि स्तरीय र मननीय पनि छन् यस्ता देशहरूका भ्रमणले आफ्ना देश र यी देशहरूमा के भिन्नता पाइन्छ भनेर तुलना गर्ने र कमीकमजोरी लाइसुधार गर्ने मौकाहरू पनि पाइन्छन् । यसै शिलशिलामा अगस्त १५ तारिक २००९मा तीनजना नेपाली अधिकृतका टोली भ्रमणमा गएको थियो जसको छोटो वर्णन यहाँ दिएको छ ।

१९ तारिख बिहान ६३० बजे नास्ता खाएर विल तिरी गाडी तय गर्न लाग्यौं । एक जना टेक्सीवालाले ८ हजार सिलिङ्गमा जान्छु भनेको रहेछ पछि किन हो अस्वीकार गरे र अर्को एक जना साथीलाई भने उसले प्रवेश शुल्क बाहेक १५ हजारमा कुरा छिनी उसको पनि दाइको गाडीमा पठाउन उसैको टेक्सीमा लगे, एकै छिनमा यन्धन भर्ने केन्द्रमा रोकियो र केहीबेर कुरेपछि डाईभर कम गाईड अर्कै र गाडी उनको दाइको व्यवस्था गरी झण्डै ०९१५ बजे तिरमात्र मसैमारातर्फ लाग्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैमानी कालो मन

हे मेरो मन तै भन, किन भाग्छस् यसरी घरी घरी ?
किन तं उड्छस्, सधैभरी, यताउता दोब्बर हावासरी ।
उपाय छ त केही, तलाई रोकी यहाँ मनाउने ?
गर्छस् किन बैमानी, लाज नभै दुनिया हँसाउने ?

राम्रोमा नि बस्छस्, धेरै नराम्रोमा रमाउदछस् ।
नौलो चाह तं भित्र, किन झन् झन बढाउछस् ।
शंका छ तं भित्र कति,कति छैन सीमा समाउने ?
आफैलाई छली तं, लुकी लुकी किन रमाउने ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लौन यो हर्पसजोस्टरले

वजन नि घटायो ताकत नि सकायो, कस्तो रोग लाग्न पुग्यो रे
क्या मलाई सतायो, आदि मुहार लटायो, लौन यो हर्पसजोस्टरले

सोच्न नि सकिन, भन्न नि सकिन हो, सिकिस्तै यसले बनायो
न कैले देखेथें, सुनेथें, भोगेथें, सुटुक्कै पसेर आफै जनायो

खानु न पिउनु हो, बोल्नु न हास्नु भो, किन हो रुने बनायो
ज्वरो नि फुटायो, गाला नि रतायो, दांतै नि दुखायो बातै छुटायो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मान्छे छुन नहुने सन्दर्भमा

मान्छे मान्छे वीच भेदभाव हुनु कुनै नौलो कुरा होइन । छुवाछुतको कुरो चलेकै हो, भोगेकै हो, कतै कतै अँझै पनि भोग्दैछन् । ऊ ठूलो जात, म सानो जात, म उँचो मान्छे, ऊ निचो मान्छे, उसको घरभित्र म पस्न हुंदैन, मेरो घरमा ऊ पस्न हुन्छ, हाम्रोले त्यो पधेंरोमा पानी भर्न हुंदैन, तिम्रोले यो मन्दिरमा पूजा गर्न हुंदैन, यस्ता वाद विवाद यी कानले कति सुने कति १ त्यस्तै लोग्ने (पुरुष) मान्छे, महिला (स्त्री) मान्छे वीचमा पनि छुवाछुत चलेकै हो जस्तो परसरेकी (छुई भएकी) महिला चार/पांच दिनसम्म छुन हुदैन । फेरि चोखिए पछि छुन हुन्छ, पकाएको खान हुन्छ यस्ता चलन प्रचलन थिदै थ्यो, छदै छ, केही खुकुलिएको छ । अर्थात बाटो, पधेरो छोईदैन आज भोलि १ सुकेका अन्न–पात, नभिजेका लुगा–फाटा, माझेर सुकेका भाडा–कुडां नछोइने मानेर चलनमा ल्याएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •