Skip to content

पहिचान यसरी हुन्छ नि ?


किन अचम्म मानेर हेरेको ? म सदा भन्दा फरक छु र ?विश्मित मुद्रामा उसले सवाल गयो । फरक हुनु नहुनु अनुहारमा हैन व्यबहारमा हुन्छ, मानिसलाई पुगिसरी आए व्यबहारमा पनि बदलिन्छ भन्छन् आफूलाई विर्सन्छन रे मान्नेजनलाई पनि केही ठान्दैनन रे, विवश ! आशाले भनिन घाम अस्ताउने तर्खरमा थियो, मन्द हावाको गति सगै विवश र आशा गफ मार्दै थिए । बेलुकाको सवा सातको समय, उनीहरु नेपाल बाट डारफर (सुडान) मिसनमा भाग लिन कार्तिक २०६५ सालमा आएका थिए । पाचौ महिनामा उनीहरुको भेट बिदामा भएको थियो ।

मलाई लागेको थिएन तिनीहरु यतिसम्म तल झर्छन भनेर, हामी नेपाली त्यसमा पनि एसियाका सहयोगी हुनु, सहयोग गर्नु त हाम्रो कर्तव्य र खुशीको कुरो पो हो त “ नम्बरी सुनलाई कसी लगाउनु पर्छ र ?” बुद्धका देशका हामी आफूलाई गौरवशाली ठान्नु पर्ने हैन र ? विवशले भन्यो ।

हैन विवश मैले त्यही भएर हेरेको तिमीलाई, तिमी कतिको बदलिएछौ भनेर तिम्रो व्यवहार वदलियो कि बदलिएन यो पांच महिनामा, जाच्नु प¥यो नि ! म त आशा आशा जसतै छु निराशा भएकी छैन तर धेरै मान्छे चिन्ने मौका पाइयो यो मिसनमा !

कति सम्म निर्लज्ज हुदारहेछन मान्छे ! किन र ? किन भन्नु आफूले आफैलाई विर्से पछि! फोन गर्दा पनि म त विजी छु, पछि गर्न नि ल ?केही छ म मिटि¨मा जान लागेको? म जरुरी मेसेज बनाउदै छु, भनेर टार्न खोज्ने कतिको विजी भइन्छ भनेर तिमीलाई भनिरहनु पर्छ त ? युएन को काम कतिको हुन्छ भनेर सवैलाई थाहा भइसक्यो नि ! अनि खर्च पर्चमा नि कहिल्यै अगि नसर्ने, सित्तै पायो भने घयाम्पो लडाउने किनेर पानी पनि नखाने आफ्नो भने साना साना कुराको पनि हिसाव राख्ने अरुको चाहि वास्था नगर्ने, सहयोग गर्न केही नसक्ने अनि भरपुर सहयोग गर्छु भनेर आश्वासन बाडंने आफूले गरेको काम अरुलाई गर्न सक्दैन भनेर मपाइ बन्न खोज्ने लाई के भन्नु त विवश? कम्प्युटरको नाममा क नआउने मान्छेले पनि चोर औलाको भरमा टंकन गरेर रिर्पोट बनाउछ र मिसन सकेर जान्छ त्यस्तो मान्छे लाएक मानिन्छ, के ठूला माछाले साना माछा खाने भने झैं नाम चलेको देशले जे गरे पनि राम्रो र अन्य देशले जानेको पनि नराम्रो हुने हो र ?

हैन यू.एन.मा त कुन देशको नागरिक भन्नेसंग सरोकार हुंदैन कस्ले कति सक्छ वा कसले कस्तो काम गर्न सक्छ र को काम प्रति लगनशील, दृढशील,परिमार्जनशील र क्रियाशील हुन्छ त्यसलाई प्यारो गर्नु पर्ने हो नि आशा ! विवश तिमी एक महिना पहिला हैन नेपाल गएर आएको ? यति चाडै किन आएको, एक वर्षलाई गएको हैन ? कि मिसन सकियो ? भनेर सोधेनन छिमेकीले ?

सोधे नि ! किन नसोध्नु कतिको पेट पोलेको होला, आफू प्रगति गर्न नसक्ने अरुले प्रगति गरेको पनि देख्न नसक्ने हाम्रो समाजमा,तिमिलाई थाहा छदै छ नि आशा ! मैले त सुडान (UNAMID MISSION) मा अलि गडबढ होला जस्तो छ पचास प्रतिशत विदा छोडने नीति बनायो मेरो विदा स्वीकृति भयो अनि आए फेरी जानु पर्छ भने । ए चाडै सकेर आएछ भनेको त फेरी जानेगरी आएछ राम्रै कमाउने भो भनेर छाती गांठो पारेको पनि भान हुन्थ्यो, कुनै कुनैको । मेरो विदा कति चाडो वितेछ पत्तै भएन, आएको एक महिना भन्दा बढी भयो । तिमी यही मार्च २००९ मा जाने हैन आशा ?

तिमीलाई केही आवश्यक प¥यो भने भन है म सहयोग गर्छु । तिम्रो पासपोर्टको भिसाको म्याद त अझै छ नि, मे मा सकिने हो घर गएर आए पछि अनि एक्सटेन्शनको लागि समिट गरौला, हामीले अरुदेशकालाई त सहयोग गर्नु पर्छ आफ्रनै देशका नागरिकलाई त जसरी पनि जाने बुझेको सहयोग गर्नै पर्छ नि,आशा !

यतिका महिनाममा मैले मान्छे चिन्ने राम्रो औसर पाए नि, अव त कूनैको पनि विश्वास लाग्न छोडी सक्यो, सके आफै गर्ने नसके अरुको भर नपर्ने अठोट गरीसकेकी छु । आफूखुशी पोशाक लगाएर आफ्रनै देशको वेईजत गर्ने, अनुशासन छोड्ने हामी जस्ता गाउमा कामगर्नेलाई हिय दृष्टिले हेर्ने, शहरमा काम गर्ने ठूलो ठानिने जस्ता व्यबहारले म दिक्क भइसकेकी छु । फेरी ठाउंमा बस्नेलाई यसो लिएर भेटन गयो भने तुरुन्तै बदलि पनि भइहाल्दो रहेछ क्यारे हाम्राबाट १र२ जना त्यसरी नै सरेका छन् । मलाई त त्यही ठीक छ वा! मान्छेलाई जति भए पनि पुग्दैन लोभले लाभ लाभ ले विलाप भन्छन् अति लोभ गर्नेको पैसा कहा टिकेको छ र ? एकातिरबाट लोभ गरेर लान्छ अन्तबाटै फुत्किन्छ, यो अकाट्य कुरा हो विवश, बुझ्यौ ?

अरुलेके गरे कसो गरे भन्नेतिर नलागौं आशा, हामी आफू ठीक हुनु पर्छ सवै ठीक हुन्छ, हामी दुःखले आफ्नै पौरखले आएका, अरुले डाह गरेर पनि त केही हुदैन नि, तिमीले मेरे व्यबहारमा कतिपनि फरक पाउने छैनौ, मेरो अनुहारमा हेर वा व्यबहारमा म जस्ताको त्यस्तै नेपाल फर्कन्छु, अरु जेसुकै गरुन् बुझयौ ?

कल्पनासंग के भनेका थियौ रे अस्ती ?आफू त घर गइन्छ, यो पैसा लगानी गरिन्छ, जग्गामा एकदुई वर्ष पछि झण्डै दोब्र भईहाल्छ अनि एउटा कार किनेर चट्ट हिडिइन्छ भनेको हैन ?

त्यो एक कल्पनासंग कल्पना पो गरेको त समय,परिस्थिति, र अवस्था मेरे हातमा हुदैन, एउटा सोच्यो, कल्पना ग¥यो, वास्तविकता अर्को हुन्छ हिजोको अरवपति आज लखपति,हिजोको पैदल पति आज पजेरोपति पनि भएका छन् दिन र समय कसरी भन्न सकिन्छ र, आशा ?

हो त्यसै भएर मानिसले दम्भ गर्नु हुदैन, मरी जाने शरीरको पनि ख्याल गर्नु पर्छ दिवा सपना बोकेर तासको महल सोच्नु हुदैन, सकेको जाने बुझेको कुरामात्र यथार्त धरातलमा उभिएर गर्नु पर्छ भनिएको हो आडम्बर, ढ्वा¨को खोल ओडेर मिथ्या कुरा गरे धोका पाईन्छ भन्ने कुरा ख्याल गर्नु पर्छ नि विवश !

ल तिमी मेरो युनिटमा आउ दशदिन म आफै पकाएर ख्वाउछु तिमी पाहुनाको रुपमा बसौला, आउछौ ? तर तिमीहरुकहां आइयो भने कस्तो व्यहार हुन्छ……जहा मान्छेले मान्छे गनिन्न, चिनिन्न……।

इमेलको जवाफ वा च्याटि¨ त परै जाओस फोनमा कुरात गर्न मनपराउदैनन, त्यस्तालाई के भन्ने ? आफ्नाले आफ्नैसंग फाइदा लिइदिने अनि आफूभन्दा जेष्ट सदस्यलाई मर्यादा गर्न गाह्रो मान्ने, मुनिकाले वा कनिष्टलेचाहि मर्यादा गर्नु पर्छ भन्ने ठान्नेलाई के भनाउने ?

कल्पनाले पनि फोनमा मसंग धेरै असनतुष्टि व्यक्त गरेकी थिइन, हामी यतिसाना देशका सानो संगठनका मान्छेवीचमा त यस्तो व्यवहार देखाइन्छ भने ठूला देशका, ठूला संगठनका अन्तराष्ट्रिय प्रहरीहरु कसरी मिल्न सक्छन् झन् ?

मिल्छन नि आशा ! ठूला देशका मान्छे, विकसित देशका मान्छेहरुमा एक प्रकारको तह (LEVAL OF THINKING) नै हाम्रो भन्दा फरक हुन्छ सानो विचार हुदैन अनि कही त्रुटि भएको थाहा भयो भने उनिहरु सच्याउने प्रयास गरिहाल्छन । उनिहरुको गट्स (covrage and ditermination) हुन्छ र जुन प्रकारको जिम्मेवारी दिए पनि पन्छिन चाहदैनन् । हाम्रो अंग्रेजी पनि कमजोर छ अधिकतमको । मिहनेत गरेर नहुने केही पनि छैन, हामी निराशा भैहाल्नु पर्ने त केही छैन नि !

तिमीले भनेको जस्तो भए त यो मिसनमात्र हैन देशमै छवि राम्रो हुन्थ्यो नि ! यो मिसनमा त केही पद्धति नै छैन जस्तो लाग्छ विवश ! पक्षपात चाहि हुदों रहेछ, आफ्ना देशका मान्छलाई ठाउंमा हुनेले भका भक पायक पर्ने ठाउमा सरुवा गर्दा रहेछन् खै त देशको बैलेन्स भनेको हैन? कुनै देशका हामी जस्तो अफ्ठेरो ठांउमा परेकै छैनन, यस्तो ठांउबारे जानाकारी नै छैन, अनि कुनै सूचना चाहिंयो भने तुरुन्त पठाउन (Treat as Urgent) भनिदियो र त्यसैलाई कट एन्ड पेष्ट ग¥यो भइहाल्यो प्रतिवेदन ।

त्यस्तो हैन आशा ! केही बुद्धि लगाउनु पनि पर्छ, अनि कतिपय साथिहरु धेरै अनुभव संगालेका र खाली ठांउ नभएर, बाहिर परेका हुन्छन् र खाली हुनासाथ पुन माथिल्लो तहका कार्यालयमा तान्ने गरेको हुन्छ । तर आफ्ना देशका मान्छे महत्वपूर्ण ठांउमा छन् भने त केही न केही त सुविदा सम्पन्न शहरहरुमा पारिदिन्छन् नै । जस्तो हाम्रो यो मिसनमा साउथ अफ्रिकाको राम्रो रोल छ भने त्यस्तै नाइजेरिया, घाना, क्रमश राम्रा स्थानमा जान्छन भने कुनै, कुनै पदमा सेताछालालाई पनि थ्रेट छ भनेर राम्रो स्थानमा राखिएको हुन्छ तर यसियाका मध्येमा पनि बंगलादेश, अलि राम्रो स्थानहरुमा देखिन्छन, त्यो बाहेक त सवै उस्तै हो नि आशा !

हेर विवश, हाम्रालाई हाम्रैले खुट्टातान्ने प्रवित्ति हुन्छ, आफू भन्दा राम्रा पदमा आए भने आफ्ना पहिचानमा खियालाग्छ भनेर अनेक लफ्डाबाजी कुरा लगाएर हुन सक्छ, मान्छे न हो कुरा सुन्ने बानी भै हाल्छ नि, त्यसैले म त छक्क परेकी छु । तर हेर त हाम्रो एक जना महिलाले भए नभएका कुरा बनाएर यु.एन को चर्पीबाट आफूलाई इन्फेक्सन भएको, छाला सबन्धी रोगलागेको र पायल्स भएको, त्यहां चेक गराउन चिकित्सक नभएको आफूले ६ महिना भन्दा बढी काम गरेको भनेर बहाना बनाएर निवेदन बदलीपाउन लेखेकीथिइन, उनको त तुरुन्तै बदली भइहाल्यो जाहा मागेकी थिइन त्यही सरुवा भयो तर उसलाई केही पनि भएको थिएन र सामान्य जाच गर्न अस्पताल छदैछ, अनि कसरी भगवान भरोसा वा समान व्यबहार भन्ने तिमी नै भन त !धैर्य गर्न सक्ने ठांउसम्म न मानिसले धैर्य गर्ने न हो धैर्यको बांध फुटे पछि के हुन्छ ? जसले सुमसुम्याउन सक्छ उसैको पक्षमा ताली बज्छ, न्याय, निसाफ र औसत सन्तुलनको कुरा छोड यो मिसनमा विवश !

आशा ! जति कुरा गरे पनि यस्तै हो, अबेर पनि भईसक्यो मलाई विदा देउ आरा मगर्न जान्छु । अरुको पछि हामी लाग्नु हुदैन यो मिशनमा जे गरौ राम्रोकोलागि गरौं, यहा“ यतिका मान्छेले जीवन गुमाए, यत्रा मान्छे आफ्नै देशमा विस्थपित भएका छन् यिनीहरुलाई अहिले हाम्रो सहयोगको खाचों छ। दिलो ज्यानले सहयोग गरौं, हामीलाई थाहा छ Do Good, Be Good, and See Good (राम्रो गर, राम्रो होउ र राम्रो देख) यति भित्र धेरै कुरा पर्दछन्, हामी एशियाका नेपाली भनेर चिनाउनु पनि त परेकोछ । हाम्रो कमी कमजोरीको उत्खनन नगरौ, आफ्नो काम प्रति लगनशलि होउ यस्ता गाउ“मा त झन विस्थापितलाई सहयोग गर्न पाएका छौ गौरव को कुरा हो नि जो शहरमा बसेका छन् उनीहरुले के अनुभव गरेका छन् त ? हुन्छ विवश! मैले पनि कुरा बुझे जे भए पनि सहयोग गर्न त पाईएको छ यहा । भगवानले त हेरेकै छन् नि विरामी पनि त परेका छैनौ दुई चार पैसा तल न माथि दिएर खान पुगोस, कुनैसंग हात पसार्न नपरे भै हाल्यो नि हैन त ? ल त जाउ ढिलो भयो । भोलीको फ्लाईट हैन, गएर मेल पठाउ है ?

(डारफरमा खटिएका दुई जना नेपाली प्रहरी एडभाईजरहरुको खटिएको ५ महिनामा भेट हुदा भएको वर्तालापको आधारमा तयार परिएको )

Leave a Reply

Your email address will not be published. Required fields are marked *