संसारमा यस्ता धेरै मान्छे हुन्छन्, केही विशेष परिस्थिति वा विशेष चाखलाग्दा कुरा गर्दछन् । यस्ता कुरा कोहीलाई वास्ता हुदैन भने कोहीलाई सोच्न बाध्य बनाउदछ । दवाई पनि त्यस्तै हुन्छ, त्यही दवाई त्यही मात्रा कोहीलाई ट्याक्कै लाग्छ कोहीलाई समय लाग्छ वा लाग्न सक्छ । कुनै भाषण, अर्ती, सल्ला पनि कोहीलाई मन छुन्छ कुनैलाई मतलव नै हुदैन । गीत पनि त्यस्तै हुन्छ त्यही मेलोडीको गीत कोहीका आँखा रसाई दिन्छ, कोहीलाई सामन्यमात्र लाग्द छ । भजन पनि त्यस्तै हुन्छ, त्यही भजन कोहीलाई नशा लागेझैं लठ्ठ पारि दिन्छ भजनको रसस्वादनमा चुर्लुम्म डुब्दछन् भने कोहीलाई सामन्यलाग्द छ । मान्छेको अनुभूति पनि अनेक प्रकारका हुँदा रहेछन्, कसरी बयान गर्ने खै ?
यही अनुभूतिकै शिलसिलामा आज एक जना लाईबेरियन भाइका बारेमा भन्न मन लागेर, उसले देखाएको व्यबहारको सानो विश्लेषण गर्ने प्रयास गरिएको छ । लाईबेरियाको छोटो परिचय, अनि ती भाइका बारेमा छोटो पिप्पणी गरिन्छ ।
विश्वको मान चित्रमा पश्चिमी अफ्रिकी मुलूक भित्र पर्ने एटलान्टिक समुद्रसँग जोडिएको सेन्टपाउल नदीको मुखमा यो देशको राजधानी मन्रोभिया अवस्थित छ, जुन देश सन् १८२२मा उत्तर अमेरिकाका दासहरूलाई ( क्बिखभक ) बसोबास गराउन अमेरिकनहरूले पत्तालगाएका थिए । स्वतन्त्र भएका ती दासहरूलाई ल्याएर छोडेका थिए । हुन त अमेरिकन सोसाईटीले सन् १८१८मा नै यो देश पत्ता लगाइसकेका थिए । जम्मा ९९,०६७ वर्ग कि.मी. क्षेत्रफल रहेको, यो देशलाई १५ काउण्टी र ६५ वटा जिल्लामा भौगोलिक विभाज गरिएको छ । यहाँ दुईटा मात्र मौसम, सुख्खा र वर्षा हुन्छन् र २६ देखि ४० डिग्री सेन्टीग्रेटमात्र तामान रहन्छ । क्षेत्रफलको अनुपातमा जनसख्या धेरै कम रहेको छ, ३.५ मिलियन जति अर्थात ३५ लाखको हाराहरीमा, सन् २००१को अभिलेखले त जम्मा ३२,२५,८३७ मात्र देखाएको थियो । थोरै जनसख्या भएर पनि आर्थिक अवस्था राम्रो थियो । शुरुमा त एक अमेरिकन डलर बराबर एक लाईबेरियन डलर थियो रे धेरै पछिसम्म १ बराबर दुई भयो भन्छन् यहाका जान्ने बृद्धहरू । गृहयुद्धताकासम्म पनि एक बराबर पचास पचपन्न थियो तर अहिले खस्केर असी पचासी पुगी सक्यो अथार्त आर्थिक स्तर घटेको छ, खस्केको अवस्था छ ।
चौध वर्षे गृहयुद्ध : सामन्य अवस्था र सम्पन्न हुदा हुदै पनि शक्ति बाडफाडमा सन्तुलन नहुदा असन्तुष्टिका लहरहरू उत्पनन हुन थाल्यो, आफन्त र हाम्रा भन्ने परिपाटीले राम्रा पाखा लाग्नु पर्ने अवस्था आयो नेताहरूमा ! आफ्ना शक्तिमा गए पछि कसले के गर्ने ? सबै सुबिदा पाई हालिन्छ भन्ने गलत आँकलन नै पछि घातक बन्न पुग्यो, अचम्मकै हुन्छ शक्ति बाडफाड र सुबिदाका खेल नेताहरूमा ! खास गरी सन् १९८० यता जब सार्जन्ट श्यामुअल के. डुले शासन आफ्नोहातमा लिए पछि अवस्था झन विग्रदै गयो । शक्तिबाडफाड र स्रोत परिचालनमा असन्तुलनका कारण असन्तोष र विकृति फैलिदै गयो, जातीय, पक्ष–विपक्ष, पद भागबण्डा, स्रोत भागबण्डाको विवाद चुलिदै गयो र अन्त्वगत्वा गृह युद्धमा होमिन बाध्य भयो सन् १९८८ ताका आफन्तमै मारकाटको अवस्था शुरु भयो । सन् १९९०मा चाल्र्स टेलरले नया नेतृत्व लिए पनि मिलाउन सकेनन, कार्यहरू पुनरावृत्त भए । सन् १९९० को मध्यतिर आउदा विभाजनको अवस्ता देखिन थाल्यो आफ्ना जनतालाई सुरक्षा दिनुको बदला भय र असुरक्षाको बाताबरण फैलिदै गयो । सन् १९९७मा जन निर्वाचन गराएर उनी पुन राष्ट्रपति चुनिए पनि देश गृह युद्धमा होमिइसकेको थियो यिन्ले सम्हाल्न सकेनन । सन् २००२सम्म कैयौ मानिसले ज्यान गुमाइसकेका थिए । सन् २००३मा जब यू.एन. आयो र यिनलाई पनि पक्राउगरी नाईजेरिया पठाईयो डु चाहि यही युद्धकैसमयमा जनताले मारे । हाल चाल्र्स टेलर सियरालियोन जेलमा छन् युद्ध बन्दीकारुपमा । यू.एन.ले पहिला नाईजेयिन आर्मी लगाएत अन्य देशका आर्मी परिचालन गरी युद्ध रोक्न र सम्झौता गरी अन्तरिम सरकारको गठन भयो र क्रमश: विभिन्न देशका सैनिक, प्रहरी र गैह्रसैनिकहरूलाई पठाएर युद्धमा तहस नहस भएका संरचना भवनहरू, राजनैतिक, आर्थिक र कुटनैतिक सम्बन्धहरू सपार्न सहयोग पुर्यायो । यसरी चौध वर्षे लामो गृहयुद्धको अन्त्य भयो । यो लामो युद्धमा आफन्त,लगाएत आमा–बा, छोरा–छोरी, दिदी–भाइ गुमाउने प्रशस्त छन् भने अपाङ्ग हुनेहरू पनि कम छैनन । यसरी गृह युद्धबाट भर्खर तङ्गग्रनलागेको देश पुन इबोलाजस्तो महामारीको चपेटामा गत मार्चदेखी फसेको छ र झण्डै ७७० जतिको मृत्यु भइसकेको छ ।
संसारमा युद्ध भए पनि, माहामारी फैलिए पनि, रोग फैलिए पनि, विकाश भए–नभए नि लिटो पिण्डोको काम रोकिएको छैन र रोकिदैन पनि । यसको मतलव हो जनसंख्या थपघट भइनै रहन्छ । यहाका जनमानसमा युद्धको तीतो अनुभव दृश्यबाट अलप अँझै भएको छैन, युद्धमा बारुदकै मात्र गन्ध फैलियो, देशको ढुकुटी निजी र निहित स्वार्थपूर्ति गर्न, बारुद र बन्दूक मात्र किने र त्यही सहयोग पनि मागे होलान । यो कालपूर्वको संरचना, कयौं विद्यालय, पाठशाला, चर्च, मस्जित, सरकारी एवं सार्वजनिक भवनहरू बारुद र गोलीले छिया–छिया पारेको खण्डहर अँझै पनि देख्न सकिन्छ । सवारीका साधन देखी पानी जहाजसम्म पनि ढुटिए, व्यक्रिगत भवनहरू सखाप भए, बांचे–कुंचेका पैसावालहरू घाना, गिनी शियरालियोनतिर निर्वासित भए । तर जसको केही छैन, कोही छैन बाध्य भएर यतै बसे, तर खान र बस्ने समस्या भने रही नै रह्यो । खेती गर्यो अर्काले लुटी लाने नगर्यो भोकै कति दिन बांच्ने ? त्यसकारण शिक्षाको प्रश्न त धेरै पछाडि गयो, जीवन यापन र सुरक्षा प्राथमिकतामा रह्यो । आज भोलि भेटिने १६/१८ वर्षे शहर इतरका भाइ/ बहिनीहरू को अवस्था भनेको अक्षर चिन्नेसम्मको हो । त्यसकारण पनि मागेरै भए पनि पेट पाल्नु, पहिलो प्रथमिकतामा संस्कार बन्न पुग्यो, उपाए त केही छैन, न माया गर्ने आमा न रेखदेख गर्ने बाबु ? कता नाता, कता कुटुम्ब पेटीकै बास, जोगीकै गांस ! धन्न “गिभ मि वन डलर” भन्न सिकेका रहेछन् र पेट चल्दो हो अनियमित रुपमा ! हामी चाहि बाबु आमाले गाली मात्र गर्दा पनि सन्केर, फन्केर अन्तै हिडी दिन्छौ, छ र त महत्व छैन नभएको भए कति महत्व हुन्थ्यो होला ! न किन्न पाइने न खोज्दा पाइने दशधारादुध ख्वाइ बचाउने ममतामयी आमा र बाहिरबाट ज्यान बाजीथापी परीश्रम गरी कमाई पाल्ने बात्सल्यमय बा ! त्यसैले बाआमा नहुने टुक्राको अवस्था कस्तो होला कसरी बुझाऊँ, कसरी बयान गरौं ?
प्रशङ्ग जोडौ, यस्तै ममतामयी र बात्सल्यमय माता पिताको स्मरण र तर्पनगरी तृप्त बनाउने परम्परा अनुसार बितेका बाआमा प्रर्ति सद्र्धा गरी स्मरण गराउन हरेक वर्ष आउने यो सोह्र श्रद्धाको समय भएकोले हामी पनि यसैशिलशिलामा सेप्टेम्बर २१ तारिख २०१४, अर्थात त्रयोदशी तिथि, आश्विन ५ गते २०७१ साल, एटलान्टिक समुद्रको किनारा रहेको रोबोटस्पोर्टमा, टुमनबर्गादेखी १८५ कि.मी को यात्रामा ४३ कि.मी. कच्ची बाकी पक्कीतय गर्न झण्डै तीन घंटा लगाएर गाडीमा गएका थियौं । समुद्रको किनारामा गएर सोह्र श्राद्धको सामग्री सिंदा, चामल–दाल,फलफूल, दही, केरा, केसरी,पहेला फूल, कपुर, धुप आदि तयार गरी पूजा गर्न लाग्दा एक जना १६/१८ वर्षे भाइ आएर यो सामग्री समुद्मा नबगा है, म लान्छु भन्नुभन्दा पहिले के गर्न लागेको भन्ने प्रश्नको उत्तर पाइसकेको थियो । म पनि मुस्लिम हो प्रे गर्छु भन्यो, हामीले भन्यौ हाम्रो पद्धति फरक छ, उसले भन्यो ए किश्चियन हो हामीले भन्यौ हिन्दू ? नाजवाफ भयो भनौ, कि बुझेन, पूजा गर्न देपछि हेरौलाभन्दा पनि भुतले खाजा भेट्टाए झैं ठ्याप्पै नछोडी बसिरह्यो, समुद्रको किनार एकातिर बुट्टयान जंगल, अर्कोतिर समुद्र, सके जाने माछा मार्ने, जीविकोपार्जन गर्ने हो,होइन भने हल्लिएरै हिड्ने त हो नि ! !उसलाई के थाहा सिंदा भनेको के हो ? यो कसलाई दिनु पर्छ यसको हकदार को हुन्छ, के के गनु पर्छ तपर्ण भनेको के हो, भोको बाघले, मृगलाई गर्भीणी भनेर छोड्छ र ? मान्छे पो कालो त मन त हाम्रो जस्तै हो नि !लुगाको नाममा धन्न अण्डर वियर लगाएछ कहा भेट्यो होला ? उसले हेरिरह्यो, हामीले पनि टाढै बस भन्न सकेनौ कारण मानव त हो नि ! सिकोस यसले पनि हाम्रो पद्धति भन्ने लाग्यो ।
हामीले दीयो, कलश, गणेश थापेर धुप बाल्यौं, तिलानी जौ,तिल, कुशराखेर बनायौं, पहेला, सेता फूलले ती थापिएका मानिएकाहरूलाई पूजा गर्न थाल्यौं । हामी मध्यान्न पारेर सिंदा, तर्पण जे जति सकिन्छ, सद्र्धासाथ पितृको नामोच्चारणकासाथ तपर्ण गरी सक्यौं । पितृ त एक जनामात्र त हुँदैनन नि !पिता, माता, परपिता परमाता, बृद्धपिता, परमाता, बृद्धपरपिता, बृद्धपरमाता, मामली पट्टीका त्यस्तै,दाज्यू भाउज्यु, फुपू दिदी गुरु गुरुमा कति हो कति ? यो कता पट्टीको पितृको रुपधारण गरेर सिदा लान आयो ? श्राद्धमा बिरालो बाध्नु पर्ने चलन पनि सुनिएको हो यहाँ त कुकुर जस्तो ज्ञानी भएर विसर्जनको प्रतिक्षामा बसिरहेको छ ।
टीका टालो गरेको पनि उसले एक टकले हेरिरहेको छ,एक एकका डलरहरू निकालेको पनि देखेको छ, दुई जना बाजेलाई दान गरेको पनि हेरेको छ । ऊ त नजिकै आएर बस्यो, लाग्दथ्यो हाम्रो पितृ तिनै हुन् र मध्ये दिनमा खुप भोको भएर सद्र्धासाथ श्राद्ध खान आएका छन् । हामीले सकाए पछि फलफूल, दही, केरा दियौं अरु पनि ५/६ जना आए तर छोरी मान्छे कोही थिएनन, सबैले उस्तै लुगा लगाएका ! यथा सक्य बांडेर दियौं । टीकाटालो गरेको त उसले देखेको थियो, सायद उसले पनि बुज्यो होला हामीले पनि डलर पाउछौं भनेर लाग्यो होला कि ? उसले बुझेको हुनु पर्छ मैले पनि पैसा माग्नु पर्छ भनेर ! अनि भनी हाल्यो मलाई नि एक डलर भनेर ? दुईको नेपाली एक डलर (सिक्का) दियौं, इबोलाको कारणले टीका लगाएनौं । अनि यो के हो ? भन्यो । “दिस इज टुडलर”भन्दा उसले हेर्यो, अंग्रेजीमा लेखिएको टुरुपिज, यो चल्छ भन्यो ? चल्छ चल्छ भन्यौं, अनि थ्यांक गड भन्यो । उसलाई लाग्यो होला सबभन्दा थोरे माग्दा दिन्छ भन्ने, अथवा माग्ने नै एक डलर गरेको थियो कि ? अर्थात पांच डलर माग्न पनि त सकिन्थ्यो नि ! वा उसले बुझेको नै त्यही हो कि ? अथवा आजकोलागि एक डलरले काम चल्न सक्छ भोलिकोलागि त कोही आउला नि भनेर हो कि ? यो घाट (उसको लागि)मा आजलाई एक डलर भए चलि हाल्छ, भोलिको सोचाइ हुनेले पो बढी मागौं, साचौं भोलिका दिन सजिलोसँग चल्छ भन्ने हुन्छ उसलाई आजलाई भए पुग्छ, त्यसकारण एक डलर माग्यो । भोलिको हामीसँग मागेन, आजलाई मात्र बाच्न माग्यो, हामीले एक को बदला दुई दियौं तर उसको मन्साय चाहि डलर नै थियोहोला तर खै किन हो चित्त बुझायो । दिएको कुराहरू खायो चामल,दाल, आलू घ्यु भने प्लास्टिकमा पोको पारेर लाने निश्चमा पुग्यो ।
हामी फोटो खिची आफ्नो गन्तव्यतर्फ लाग्ने शुरमा थियौं तिनीहरू भने खै कता लागे एक छिन पछि देखा परेनन् । गन्तव्यतिर लागे कि अर्को किनारातिर लागे संख्या पातलिन थाल्यो । नजिकै आउन लागेको घटस्थपनाकालागि चोखो बालुवा पनि ल्याउनु थियो फाट् फुट् फोटो खिचाए पछि साना पलास्टिकका दुईबोराभरी समुद्रको बालुवा पनि लिएर पुन आफ्नो गन्तव्य तर्फ लाग्यौं ।
