Skip to content

अफ्रिकाको कम्पाला — नैरोवीका केही महत्वपूर्ण स्थानहरूको यात्रा संस्मरण, (दोस्रो भाग)


सोझा र फराकिलाबाटो हुंदै, कहीं दलदल कही पाखो, कहीं बन, कहीं बस्ती, कहीं फलफूलखेती हुदै रमाइरहेका थियौं, बाटोमा देखिने गाई, गोरुको सिड. पनि अनौठो लाग्दथ्योयो युगाण्डामा । हरिनको जस्तो लामो र घुमेको, रातो गोरु मझौला कदका तर बलिया खाईलाग्दा । प्रशस्त चरण पोसिला घाँस, सफा पानी किन मोटो नहुनु ! करीब १०३० बजे ट्याक्सीले त्यो स्थानमा पुर्यायो । अन्यदेशबाट पनि पर्यटकहरू यहाँ अवलोकन गर्न आउँदा रहेछन् । त्यही मूलबाटोबाट अगाडि गए रुवाण्डा जाईदो रहेछ ।

पूर्व पश्चिम सडकलाई क्रसगरेर एउटा सेतो धर्सो तानेको रहेछ, बाटोको दुवै साईडमा ओवल रिङ्गआकारको जसको माथि युगाण्डा र त्योभन्दा मुनि EQUATOR लेखिएको थियो । बिचका यही नै रेखा हो जसले पृथ्वीलाई उत्तरी र दक्षिणी ध्रुव अर्थात नर्थपोल र साउथपोलमा विभाजन गरिएको काल्पनिक रेखा वा विषुवत रेखा भनिन्छ । यो वीचको सोझो रेखा जसको उत्तरतिर N र दक्षिणतिर S लेखिएको छ । मानिसहरू एउटा गोडा Nतिर र अर्को गोडा Sतिर राखेर फोटो खिच्दा रहेछन अथवा मानिस उत्तरी र दक्षिणी ध्रुव एकैपटक टेकेकोदेखाउन होला ।

हामीले पनि त्यसै गरी फोटो खिचायौ । हाम्रो देश यो विषुवत रेखाभन्दा उत्तरमा पर्छ । सडकको दुवै किनारामा एउटै साईजको दुईवटा रिङ्ग तीनजनासम्म मानिस उभिएर फोटो खिचाउन मिल्ने गरी बनाईएको हुदा दक्षिणी वा उत्तरी ध्रुवमा जुन गोडा राखे पनि हुन्छ । यसको प्रयोगात्मक विधीकोलागि साउथ, वीचमा र नर्थ पोलमा तीनवटा अलग अलग बाटा आकारका भाडा राखिएका छन् जसकोवीचमा प्वालपारी सानो पाईपद्धारा पानीलाई तल राखिएको बालटनिमा झार्छ । तीनवटै बाल्टीनमा पानी राखिएको छ त्यो बाल्टिनका पानी त्यो सोली आकारको चेप्टो भाडोमा जसको वीचभागमा प्वाल पारिएको छ जहाबाट पानी घुमेर मुनी राखिएको बाल्टिनमा झर्छ । पानीको आयातन बढी भकोले सानो प्वालबाट पानी झर्न घुम्दो रहेछ यसमा सानो फूल वा पात राखिएमा यदि त्यो भाडो नर्थको छ भने घडीको दिशामा यदि साउथको भए उल्टो दिशामा र वीचकोमा भए नघुमिकन तल झर्छ । यसले यो प्रमानित गराउदो रहेछ कि त्यो भूमध्यरेखाको उत्तरतिर दाहिने भएर पानी बग्छ अर्थात घडीको दिशामा दक्षिणतिर बाया अर्थात घडीको बिपरित दिशामा र बीचभागमा पानी स्थिर हुन्छ । यी तीन वटा प्रयोग गर्ने स्थान झण्डै ५/७ मि. को दुरीमा राखिएको छ । यी पहेलो रङ्गलगाएको भाडामा सेतो रङ्गको एरोले पनि पानी कता घुम्छ पनि लेखिएको छ । युगाण्डा पृथ्वीकोवीचमा अवस्थित छ भन्ने पनि देखाउदछ । यो प्रयोग गराएर देखाएको दशहजार सिलिङ्ग लाग्दो रहेछ ।सडकका दुवैकिनारामा १५ / २० वटा जति अफ्रिकाको संस्कृति, भेष भुषा, परम्परा, व्यवसाय आदि झल्काउने क्युरियोका पसलहरू छन् ।

नजिकैको शौचालमा २०० सिलिङ्ग तिरेर शौचमात्र गरेर ती क्युरियोका पसल हेर्न लागियो । हुन त कम्पालामा पनि शौच गरेको त्यही दर हो दिशागरेको दोब्वर तिर्नु पर्छ । यहाँका मानिससँग केही कुरा सोध्यो वा जानकारी लिन खोज्यो भने पनि केही आशा गर्दा रहेछन्, खै त मलाई केही दिइनस भन्छन् । एउटी महिलाले फोटो खिचाउन पनि केही किन्ने भए मात्र फोटो खिचाउछु भनिन् । सोही दिन ३ बजे नैरोवी जानु पर्ने भएकोले हामी ११३० बजेतिर कम्पाला तर्फ लाग्यौ । त्यो टोली १३०० बजेतिर कम्पाला पुग्यो र टोलीसँग गएको ड्राइभरले एउटा भारतीय होटलमा लगे दिवा खानाकोलागि । त्यो होटेलको नाम थियो मसाला चाट हाउस । यो ३ बी डेविनटन रोडमा पर्थ्यो, यस होटलमा खाना खाने गोराहरू पनि थिए । भारतीय खाना जहिले पनि केही पिरो र मसलादार हुन्छ हामी यसियनहरू त्यस्तो खाना खाना रुचाउछौं । यस्तो खानाले पेट खराब गर्छ भन्ने सोच्दैनौ स्वादकोलागि खान्छौ । हामीले पनि त्यही मसलदार खाना खाएर ४० सिलिङ्गको विल तिरेर काल्र्टन होटेलको स्टोरमा राखिएको झोला लिन गयौ । त्यहादेखी बसेको होटलसम्म एक डेढ किमी को दुरीमा पनि अर्को टेक्सीले ५ हजार सिलिङ्ग लियो, हुन त सिलिङ्ग शस्तो छ तर पनि एक कोसा केराको पनि २०० सिलिङ्ग पर्छ । पाचं हजार भनेको २ डलर जति मात्र हो । हामी होटेलबाट निस्किएर सोझै कालिता बस पार्कतिर लाग्यौ । बाटो लामो थियो झण्डै ६८० कि.मी त्यसैले बाटोमा खानकोलागि केही किन्न गयौ पानी जुस स्याउ आदि ।

१४३० बजे कालिता बसपार्क पुगेर हामीलाई दिइएको नं KBF 061N थियो तर त्यो बस नभएर अर्को नं को बस जान लागिरहेको रहेछ निश्चित गरेपछि समानहरू चेक गराईयो, जहाजमा जस्तै हरेक व्यक्तिको शरीर चेक गर्दा रहेछन् ।रातो अग्लो बस अगाडितिरबाटमात्र चड्न मिल्ने मेटल डिटेक्टरले शरीरको तलाशी गरेपछि मात्र बसमा चड्न पाइदो रहेछ । बसमा ३ /४ सिँढी चढेर माथि गए पछि दिइएको सिटमा बस्न पाइन्छ । उनीहरूको टिकट काट्ने स्थान व्यवस्थित हुदो रहेछ । मान्छेलाई बोलाउने झुक्याउने, दरमा तल माथि गर्ने हुदैन रहेछ। लामबद्ध भएर काउण्टरमा बस्ने हाम्रो जस्तो विदेशीलाई ठग्न पर्छ भन्ने मानसिकता छैन, निश्चित दर छ सबैलाई त्यति नै लिइन्छ तर त्यही कुरा नेपालमा भए टुरिष्टलाई बढी लिने गरेको पनि सुनिएकै हो यस्ता उदाहरणबाट सिक्नु पर्ने हैन र ? टिकेटमा आवश्यक सूचना सि.नं, नाम, पासपोर्ट नं, कहाबाट कहाँ जाने, बुकिङ्ग मिति, ट्र्राभल गर्ने मिति, सिट नं, बस नं, रिपोर्टिङ्ग समय, छुट्ने समय, बुकिङ्ग गर्नेको नाम, ड्र्रईभरको नाम र कूल भाडा समेत उल्लेख हुन्छ मुनीबाट फोन नं, मोबाईल नंहरू दुवै देशका दिईएको हुदो रहेछ । अन्त्यमा IN GOD WE TRUST भनेर लेखिएको हुदो रहेछ । त्यो बस १५३० बजे नैरोबीकोलागि प्रस्थान गर्यो । झण्डै डेढ दुई घंटाका यात्र पछि १० मि.कोलागि जंगल नजिकै जोडिएको एउटा सानो पसल जहा निलो पोशाक लगाएका नाङ्गले व्यपारीहरू केरा, मासुका शिल, फलफूल, चिसो लिएर घेर्न (छेक्न) आउदा रहेछन् ।

यी त विदेशी हुन खाईहाल्छन नि भन्ने लाग्दो रहेछ क्यार हामी बसबाट ओर्लन पाएको थिएन, केही किन्न अनुरोध गर्न थाली हाले । पोलेका केरा, पाकेका केरा, मासुका सिल के किन्ने हो हातमै दिन आउने । हामीले पाकेका केरा किनेर राख्यौ, केही त्यही खायौ बोक्रा कहा फाल्ने भनेर सोचिरहेको बेला नजिकैकी एक जना अदबैसे महिलाले यही राख्न भनिन, हाम्रो देशको सगरमाथामा पनि यस्तै फोहर थुप्रेको कुरा बिदेशीले थाहा पाएर थैलोमा हालेर विदेश लगेको सुनिएको थियो, हामी पनि विदेशी भयौ त्यहा अनि केही भने भनी पसात परेन ! जंगल सगै जोडिएको बिसौनी भए पनि नाम याद भएन, नजिकै एउटा झाडीमा पसेर शौच गरेर पुन बसमा चडियो सबै यात्री चडेको यकिन भए पछि बस कुद्न थाल्यो ।दांया वायांका रमाइला दृश्यले हाम्रो ध्यान तानिरहेको थियो । हरिया पाखा, कतै उखु नै उखु, कतै मकै नै मकै, कतै सख्खरखण्ड नै सखखरखण्ड, कतै पाखो भिरालो, कतै सम्थर फराकिलो बाटा जताततै पानीको खोल्सा, बगेका, जमेका, पाईपबाट लगिएका । गाई, बाख्राका बथान चरिरहेका, राता टायल लगाएका घरहरूका बस्ती, कतै सेता पहेंला भवनहरू, कतै जंगल मात्रै जहा धुपी जस्ता अग्ला र काफल जस्ता तर अर्कै जातका झाङ्गिएका रुखहरू बाग्लै बढन् प्रतिस्प्रदा गरेका जस्ता ? रमाइलो मान्दै १६४५ बजेतिर केनिएको सीमाना पुगियो ।

सबै यात्रीहरूलाई ओरालेर समानसहित बस सीमा पारी गयो, हामी बहिर्गमन भिसालगाउन लामबद्ध भयौं, झण्डै १५/२० मि.को पर्खाई पछि, पासपोर्टमा एक्झिटको छाप लगाएर सीमाको एउटा ढोका पार गरेर केनियाको क्षेत्रमा गईयो । एकजना केनियनले एउटा कार्ड दिए जसमा केही व्यक्तिगत सूचनाहरू भर्नु पर्ने थियो सो भरेर पुन लाममा बसियो। यी दुवै देश अंग्रेजी बोल्ने देश भएकोले भाषाको ससमस्या भएन । पहिलेभन्दा अलि बढीको पर्खाई पछि फलामे झ्यालबाट हात छिराएर पासपोर्ट दिईयो, ती झ्यालका कारिन्दाले सोधे You are from Nepal मैले भने Right now I’ m from Sudan भने उसले अरु प्रश्न गर्न नपाउदै I work there in UN Mission भने । उसले एउटा सानो कागतमा मेरो विबरण भरेर पासपोर्टमा टास्यो, आफूले भरेको कार्डचाहि उसले लियो र केनिया प्रवेशको छाप लगाइदियो । धन्यवाद भन्दै बाहिरिन लाग्दा छेवैमा अर्को झ्यालमा बसेका कारिन्दाले पहेलो कागत Yello Card देखाउन भने जसमा आफूले लगाएको खोप तथा रोगका विबरण हुन्छ उसले त्यो कार्डबाट आफ्नो रजिस्टरमा भर्नु पर्दो रहेछ, त्यो मान्छेले कार्डको बाहिर हेरेर NO Stamp भन्यो अनि त्योकार्डको भित्री भागमा लगाएको छाप र खोपको विवरण देखाइयो उसले केही भनेन तर हरेक पहेलो कार्डमा बाहिर सरकारी छाप हुनु पर्ने र कार्ड भएन भने प्रवेश गर्न नदिन पनि सक्ने अथवा झमेला हुन सक्ने रहेछ । खोपको अभिलेख चाहिदो रहेछ । हामी सबैको प्रवेशाज्ञा (ENTREE VISA) लगाए पछि बस चडन जान लागियो, पैसा सटही गर्ने दलालहरू हातमा पैसाको बिटो लिएर you need Money ? भन्न आउदा रहेछन्, उसो त युगाण्डा पट्टी पनि लाममा बस्दा नआएका हैनन तर यिनीहरूको एउटा छुट्ै किसिमको पोशाक हुदो रहेछ, उसो त यस्ता पोशाक शुरुका बस बिसौनीमा केरा र मासुका सील बेच्ने ती हावकरहरूले पनि निला पोशाक लगाएको देखिएको थियो ।

दिव्य दीप दहाल, हाल लाईबेरिया

पहिलो भाग – https://www.majheri.com/node/15105

Leave a Reply

Your email address will not be published. Required fields are marked *