पहिलो चिठ्ठी पाएँ मैले, भनू कि नभनूँ ?
जाने पालो भो रे मेरो बोलू कि, नबोलूँ ?
जे भने नि आखिर सवै जाने नै हो जहाँ
को पहिले को पछि ? किन होडबाजी यहाँ
पहिलो चिठी पाएँ …………………………
केश फूल्यो, छाला झुल्यो, आँखा धमिलियो
दाँत झर्यो, श्वास बढ्यो, गोडा लरबरायो
घरभरि छोरा छोरी, नाति नातिनी लै लै
अघि लाग्ने बेला भयो अब गर तयारी है
पहिलो चिठ्ठी पाएँ ……………………..
दिन गयो, बैंस गयो, त्यो जोवन कहा रह्यो
त्यो चिठ्ठीमा यस्तो सन्देश लेखेको थियो
रुने रुन्छन्, हास्ने हाँस्छन्, यहाँ छोडी जाँदा
तिमी प्रिय नरोई बसे मलाई बोकी लाँदा
पहिलो चिठ्ठी पाएँ ………………………
