Skip to content


कुनै यस्तो दिन थिएन, आउदा जादा एक दुई वा तीन चारवटासम्म पनि झुण्डििरहेको नदेखियोस्े । शुरु शुरुमा त खासै चासो भएन देखेर, कि जानेर कि भोगेर अनुभव गर्ने हो । त्यसो त सबै मानिसको मन, सोचाइ, हेराई पक्कै एउटै हुदैन । बलिको बोकोे! हामीले सुनेका छौ जसको आयु हुदैन कुन दिन उसको जाने दिन आउछ उसैलाई पनि थाहा हुंदैन । वलि ! अर्थात मार्न तयार ! बलिको बोको भएर यस संसारमा सायदै कुनैले आयु बर्दान पाएको होला ।यो कति दिन चल्ने हो, कति हप्ता, कति महिना, कति बर्ष भन्न सकिने अवस्था छैन तर कम्तिमा एउटा बली हुनै पर्छ, एउटा प्राणीले प्राण त्याग्नै पर्छ, हलाल हुनै पर्छ, हत्या हुनै पर्छ धन्य प्रकृति ! धन्य अल्लाह धन्य भगवान ! धन्य जिजस, धन्य जाने नजानेका ईश्वर भनिएका जगत निदान, त्रिकालदर्शी ? कसरी पालो मिलाएको होला !

मैले सानु हंुदा देखेको थिएँ कुईकेल बाजेले, बाराको बोधवन गाउँ पूर्वखोलापारी गोपालको बारीमा रहेको जमुनाको रुखमा देवीको थान मानी साना साना बेरुपका चुच्चे र थेप्चे ढुङ्गा गाडेर एउटा काठ आराले चिरेको ठुन्कालाई टुप्पा मिलाएर टाउको, घाटी, जस्तो आकृति बनाएर भईमा गाडी बनाएको ठूलो जमुनाको रुखमुनि स्थिापित देवीको थानमा वर्षेनी माघे संका्रतिको दिन पारेर निख्खर कालो पाठी बली दिएको । यो त बर्षमा एउटा न हो, पाठी अर्थात मादा जसलाई सबैगांउलेले चन्दा हाल्नु पर्थ्यो यो प्रथा देखेको समय थियो २०३३/०३४ साल तिरको । कुईकेलबाजेको बजै अर्कै जातको रे अर्थात घर्ती थरकी रे भन्थे, खाना विहान/वेलैुका आफै पकाउथें आफूले खाइसकेपछि पत्नीलाई चौका छाडी दिन्थे । अनि तरकारी चाहि पत्नीले पाकाएको खान हुन्थ्यो रे ? कस्तो अचम्म सगै एउटै खाटमा सुत्न, बस्न हुने, तरकारी चल्ने भात नचल्ने मान्छे सटुलो तर उनको काम – पकाएको खाना) विटुलो ! धर्मशास्त्रमा यस्तो विवाहलाई अनुलोम विवाह भनिएको छ । तर आज भोलि यो प्रथा हट्दै गएको छ । हुन पनि किन नहेनु मान्छेले बनाएको नियम न हो जात त ? स्त्री पुरुष भनेको एकाकार हो, यस्तो मान्छे ती देवीका पूजारी थिए कारण त्यो गाउँमा अन्य पूरेत त्यो बेलासम्म थिदै थिएनन। लाटो देशमा गाडों तन्नेरी भने झै यिनी नै सेतो धोती फेरेर छ डोरे जनै लगाएर, त्यो अवोला काली पाठीलाई चोखो पानी छर्केर, कातेको वत्ति तेलमा वा घयूमा भिजाएको बालेर, चामलको अछेता,रातो अविर मुछेको चडाएर के,के हो गर्थे सबै याद भएन पूजा गर्थे । नैवेद्ध भनेर खीर, चामल वा गहूंको पिठोबाट बनाएको बाबर,फल फूल भेटी एउटा ढक्की वा टपरीमा रातो झलरी रुमालले ढाकेर घरलौरी लानु पर्थ्यो । हामी बालकहरू रमिता हेरी हेरी रमाउथ्यौं त्यो रुखको वरि परी घेराहालेर । बाजेले संख घण्टबजाएर त्यो पाठीलाई रेटेर रगतको भोग देवी बनाईएकीलाई र त्यो जमुनाको रुखलाई छरेर, पछि टाउको छिनाइन्थ्यो गिडं त्यो रुखलाई तीन फन्का घुमाएर कटनीमा जान्थ्यो । पाठीको टाउको त्यो ढुङ्गामाथि राखिन्थ्यो र बेलुका बाजेका सितन बन्न लगिन्थ्यो ।कटनी भएर आएको भित्रयास अर्थात कलेजो फोक्सो आदिलाई आगोमा पोलेर मसिनु टुक्रापारी लगिएको सबैको प्रसादमा एकैठाउँमामिलाएर लामबद्ध भएका हामी सबैलाई बाडिन्थ्यो । हात हातमा त्यो परसाद खाए पछि रगतलागेको राता सेता धजा पनि बाडिन्थ्यो र बटारेर हामी घाटीमा बेर्थ्यौं देवीको आर्शीवाद भनेर । यसबाहेक घर घरमा लान सोही परसादको ढक्कीमा पनि दामासहलिे मासुलगाएतका परसाद दिइन्थ्यो । यस्तो संस्कार अँझ पनि कतिपय ठाउँहरूमा विद्यमान छ । ती बाजेका दुईवटी छोरीमात्र थिए, अनि बाजे गोरु पनि जोत्दथे । हाम्रो हिन्दू संस्कारमा ब्रहृमणजातले गोरु जोत्नु पाप मानिन्छ यदि त्यसो गर्छन भने पुरेत्याइ गर्न लाएक मानिदैन । त्यो जमुनाको रुखमा बर्षको एकपटक पाठीले बली हुनु पर्थ्यो तर तबल्दमिा त दिनकै २/४ वटाले वलीहुनु पर्छ यो हिसावले कम्तिमा हप्तामा १५, महिनामा ६० र वर्षमा ७२० जति खसी बोकाले झुण्डिनु पर्छ ।मासुको स्वादकोलागि दैनिक मर्नु पर्ने धन्य हो मानुष π यसलोकमा रजाई गर्न आएका र स्वाद मानी मानी मासु खान पाएका सर्वस्व यसैमा छ π मान्छेलाई स्वादमा भुलाउन ईश्वरले कसरी जानेका π यो मार्मिक र वास्तविक कथा हो ।

सुडान राज्यको दक्षिणी डारफरक्षेत्रको सदरमुकाम न्याला हो र जसको दक्षिणपूर्व काल्मा क्याम्प जाने १७ कि.मी बाटोमा झण्डिै काल्मा क्याम्प देखी १ कि.मी वरै बाटोको छेवैमा एक्लो रुख जसलाई अरवी भाषामा तावल्द भनिन्छ,यसै रुखमा दैनिक झुण्डि्याइने र छाला तारी टाउको विनाको लामपुछ्रे खसी जुन खुट्टा माथितिर पारेर झुण्ड्रयाएर राखिएको देखिन्छ ।

यु.एन. र अफि्रकन युनियनको संयुक्त रुपलाई युनाईटेड नेशन अपि|mकन युनियन -अप्रेशन) मिशन इन डारफरमा कार्यरत विभिन्न महादेश अन्तरगतका देशका प्रहरी सेना र सिविल समाजसमेत सहभागिता रहेको हुन्छ । काल्मा विश्वकै सबैभन्दा बढी विस्ताफितहरू – झण्डै १ लाख ७० हजार) बस्ने थलेा हो । यसको सुरक्षार्थ एउटै क्याम्पमा तीनवटा कम्युनिटी पोलिशिङ्ग सेन्टर – ऋएऋ ) स्थापित गरी यस विस्थापित – क्ष्म्ए ऋamउ ) क्षेत्रलाई नौ भागमा विभाजित गरिएको छ । यसै क्षत्रको सुरक्षाथृ २४ सै घण्टा अन्तराष्ट्रि्य प्रहरीलगाएतले सुरक्षा प्रदान गर्दैर् आइरहेको छ । सोही शिलशिलामा न्यालादेखी हरेक दिन आउदा जांदा देखिने दृश्यको सानो बर्णन हो यो । यस्ता रुख सुडानको डारफरमा कति छन, यो तीनवटा क्षेत्रमध्यको दक्षिणी डारफरको एउटा क्षेत्रमा पर्ने प्रतिनीधी बृक्षमात्र हो । एउटा छयाक््रयाक परेको मोटो, हामी हकां हुने सिमलको जस्तो रुख तर तावल्द भने सिमल जति अग्लो हुदैन मोटो चाहि हुन्छ, मरुभमिमा पाइने एक प्रकारको रुख हो यो । सुडान अफि्रकी महादेशमा पर्ने राज्यहरूभन्दा भू भागको हिसावले सवभन्दा ठूलो गणराज्य हो र यहां राष्ट्र्पतीय पद्धति छ । यो मुसलिम बहुलजातीय देश हो, यहां मुस्लिम समुदायमा पनि अरब, नोमाड, फर आदि थुप्रै जाति छन ् । मुख्य यहाको पेशामा पशुपालन, खेती, – बदाम, जुनेलो, प्रमुख) पशुपालनमा गाई, बाख्रा उट, गदा, घोडा, भेडा लगायत व्यपार, उद्योग आदि व्यबसाय गर्छन ।डारफर चाहि प्राय सम्रुद्रमार्गसँग जोडिएको छैन तर रेल र हवाई मार्गसग जोर्डिको छ ।

प्रायःसबै सुडानीहरू मासु खानन्छन । नेपाल, अमेरिका, क्यानाडा, भारतमा प्रशस्त शाकाहारी मानिस भेटिन्छन् । तर नाईजेरीयमा, घानामा, पाकिस्थान आदि यस्ता देशछन् जहंा शाकाहारी आहारा सुलभ छैन, संस्कार पनि छैन, एक जना नाईजेरियन मित्र टोमकाअनुशार शाकाहारी भोजन मान्सहारीभन्दा महंगो पर्छ रे ? किनभने मासु प्रशस्त उत्पादन हुन्छ र अनुपातिकरुपमा शस्तो पर्छ तर नेपाल भारत जस्ता देशमा रागंा बंगुरको मासु पनि महंगोमा पाइन्छ र हरियो सागशव्जी प्रशस्त, स्वस्थ्य र शस्ता पाइन्छन् र फलफूल समेत शस्ता पाइन्छन् त्योभन्दा पनि महत्वपूर्ण कुरा धार्मिक र स्वास्थ्यको दृष्टिकोणले मानिसको आहार मासु हैन सागशव्जी फलफूल हो किन भने मानिसको पाचनशक्ति -भोजन नली आन्द्रा लामा हुन्छन र शाकाहारीकालागि बनाईएको हो), दंात, नङ्ग्रा आदि शाकाहारी भोजनकोलागि बनाईएको हैन । सिंह, कुकुर, चील, गिद्ध आदि जनावर, पंक्षी मांसाहारी भएको हुदा शरीरको बनोट पनि सोही अनुसार बनेका छन् । तीखा दंात नङ्ग्रा, बलिया धारिला चुच्चा ! प्रकृतिले यसजगतमा शाकाहारी मंासांहारी दुवैको प्रयोग गरेको छ । सिंह मंासहारी भए पनि सधै मासु खादैन एक त पाउदैन अर्को प्रकृतिको नियमको पालना गर्छ । यदि शिकार गर्न जानु छ भने, उसले ठूलो स्वरले गर्जन्छ र आफ्ना पन्जा भइमा रगड्छ यदि रगत देख्यो पन्जामा भने शिकार निस्कन्छ र सफल पनि हुन्छ तर मानिस त औसी पूर्णे, एकादशी पनि मान्न छोडिसके । मासुको स्वाद भए पुग्या जे को मासु पनि मासु नै त हो नि ! हात्ती शाकारी प्राणी हो ठूलो कति बलियो पनि ! त्यसकारण हामीले भोजन गर्दा स्वास्थ्यलाई पनि ध्यान दिन जरुरी हुन्छ कस्तो खाना हामीलाई खान प्रकृतिले दिएको छ । डारफरको प्रशंगमा कुरा गर्दा हरेक दुई / चार बटा गांउ कावीच हप्तामा एक दुई दिन हाट बजार लाग्ने गर्छ जुन हाट बजारमा मासु अनिवार्य पाइन्छ तर मासु सफासँग धोएको पाईदैन कारण सुदान एक मरुभमि देश हो जहा पानीको समस्या भएको कारणले खसी वा बाख्रा, उट, गाई गोरु जे काटे पनि छाला तार्छन र त्यतिकै रुख वा केही काठमा झुण्ड्याउछन् । आन्द्रा भुडी त्यतिकै फोहर फलेर वा कसै कसैले हल्का पानीले पखालेर थुप्रो थुप्रो पारेर अलि शस्तोमा बेच्न राखेको हुन्छ । यसको गा्रहक भनेको गरीव आयस्तर भएकामान्छेहरू नै हो । केही महिलाहरू यस्ता आन्द्रा भुडीलाई साना साना भाडामा कोईला राखेर पकाएर पातमा हालेर बेच्ने पनि गरिन्छ उसो त मासु पनि मसिनो काटेर सेकुवा बनाएर यी महिलाहरूले बेच्ने गरेको पाइन्छ । मासु व्यबसायमा भने पुरुष नै हुन्छन् । मासुलाई अरविक भाषामा “लाहम” भनिन्छ, गाईको मासुलाई बकरा लाहम, गोरुको मासुलाई सोर लाहम, उटको मासुलाई जमल लाहम भनछन् पानीले किन नपखालेको भनेर प्रश्न गर्‍यो भने “मोय माफी” भन्छन् अर्थात पानी छैन । तर मासुशस्तो नै पर्छ, १ किलो अर्थात रजुललाई शहरमा १०/१२ सुडानी पाउण्ड, गाउमा ९/१० सुडानी पाउण्ड पर्छ जे को मासु पनि खासै फरक पर्दैन एउटै दर रेट हो कुनै कुनै बजारमा १ डेढ पाउण्डको फरकमात्र हुन्छ । १ अमेरिकी डलर बराबर २.५५ पाउण्ड जति हुन्छ र हाम्रो हिसावमा २८ रुपैया जति पर्छ, त्यो हिसावले २८० वा ३०० को हाराहारीमा प्रति किलो मासु पाइन्छ ।

(सुडानको द्धन्दग्रस्त क्षेत्र डारफरको सेक्टर साउथ काल्मा जहा द्धन्दबाट बिस्थापितहरुको ठूलो बसोबास भएको क्षेत्र आसपासबाट लिइएको हो ।)

दिव्यदीप दहाल, सलार्ही

Leave a Reply

Your email address will not be published. Required fields are marked *