निहुरी पर्दा साह्रै देखिँदैछ्यौ सानी
भिज्यो पैतालामा कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!
साथी साथी भई हात समाएको
हेरून् दुनियाले हामी रमाएको
मिलिजुली खेल्ने साह्रै राम्रो बानी
भिज्यो घुँडासम्म कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!
मैले तिमीसँग शीतलता मागेँ,
स्वच्छता र पवित्रता मागेँ
तिमीले मलाई चन्द्रमा दियौ
त्यो शुक्ल पक्षको चन्द्रमा थियो
त्यो जुनेली रात थियो
मैले त्यस बङ्किम चन्द्रज्योतिमा
वसन्तको बहार पाएँ,
गृष्मको मध्यरातको उखुमलाई हटाउने
चिसो पाएँ,
शारदीय सौन्दर्य पाएँ
दिन ढल्दै गयो, साँझ पर्न लाग्यो फर्कूँ कि के गरूँ ?
आउँछ्यौ कि भन्ने आशामा अँझै पर्खूँ कि के गरूँ ?
दायाँ र बायाँ जाँ बस्छ्यौ त्यहीँ बस्ने ठाउँ खाली छ
जतन गरी राख्या छु दिल पस्ने ठाउँ खाली छ
मुखले बोल्न नमिल्ने मनको भाषा छ मसित
थाके नि नजर भेट्नलाई झिनो आशा छ मसित