लुली लुली हात
खाइदेऊ दूध र भात !
नफकाई नखाने
कस्तो होला जात ?
चुप्प ला´र सुरुप सुरुप
खाइदेऊ दूध र भात !
लुली लुली हात
लुली लुली हात !!
गन्यागुनु गरेर
कति मार्छौ बात ?
आनाकानी नगरी
खाइदेऊ दूध र भात !
लुली लुली हात
लुली लुली हात !!
– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ ।
