Skip to content

कति कामले किन आयौ


कति कामले किन आयौ आज मायालु
मलाई भयो कस्तो कस्तो लाज मायालु

मौका साइत मिलाएर आए के हुन्थ्यो
कल्ले आउन भन्यो तिम्लाई साँझ मायालु

परेवाझैँ निर्दोषी र सोझी देखिँदा
काँ मिल्यो र मैले हुन बाज मायालु

बसाउन गुन्द्री काम्लो छैन गलैँचा
बस त नि यो मुटुको माझ मायालु

तिम्रो मेरो मेरो तिम्रो दुइटै मुटुमा
पालैपालो गरौँ न त राज मायालु !

रमेशचन्द्र घिमिरे लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *