Skip to content


अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन
चामलसँग साट्नलाई जिम्बु बोकी ल्याउँदैन

हिउँ पर्ने डाँडामा गर्मी चढिसक्यो कि ?
आगो ताप्न भनेर हिटर उतै लग्यो कि ?
डम्फु-मादल बजाई भोटेसेलो गाउँदैन
जाडो लाग्यो भनेर कम्मल बोकी ल्याउँदैन
अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन

सधैँ बस्नुहुँदैन पार्वतीको माइत
जाडो लाग्नेबित्तिकै गर्नुपर्छ साइत
भोटे दाइ नआए मनमा खुसी छाउँदैन
ओखती हो भनेर जटामसी ल्याउँदैन
अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन ।

मध्यनेपाल नगरपालिका – ६,
भोर्लेटार, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *