रमेशचन्द्र घिमिरे
लेख बालबालिकामा हुने सिर्जनात्मक लेखन क्षमता
केही नभएको ठाउँमा केही हुनु सिर्जना हो । अभावमा पूर्ति वा शून्यमा भण्डारण गर्नुले पनि यसैलाई सङ्केत गर्दछ । खाली जग्गामा बिउ छरेर, खेत जोतेर अनि रोपेर असारमा कर्म गरेपछि मङ्सिरमा किसानले अन्नबाली भित्र्याउँछन् । यो उसको सिर्जना हो । सामान्य व्यक्तिले लेखपढ गर्छ अनि अरूले लेखेको देखेर कविता लेख्छ । निरक्षर भए पनि गुन्गुनाउँदा गुन्गुनाउँदै मिठो गीत बन्छ, लिपिबद्ध गर्न सक्यो भने मनभित्र उब्जिएका भावनालाई शब्दमा उतार्दा कहिले निबन्ध बन्छ, त्यसैमा घटनाको शृङ्खला, पात्र र परिवेशको संयोजन गर्न सकियो भने कथा बन्छ । धेरै पात्र थुपारेर संवादका माध्यमबाट प्रस्तुत हुने बाटो खोज्यो भने एकाङ्की वा नाटक बन्छ ।
अल्छी विद्यार्थी
किताब कापी देख्यो कि त दिक्क ला´र आउँछ
पढ्न खोज्यो झुपुझुपु निद्रा मात्रै लाउँछ
घडी हेर्छु खुसुखुसु मिनेट कट्न गाह्रो
के गर्ने हो भन्देऊ साथी मलाई पर्यो साह्रो
सरका कुरा `तैँले पढ्न मन दिए नि हुन्थ्यो´
मेरा कुरा `सरले कथा भन्दिए नि हुन्थ्यो´
भन्नुहुन्छ सरले `कथा जाँचमा आउँदैन´
म भन्छु `सर, नत्र पढ्न मन लाउँदैन´
- « Previous
- 1
- 2
- 3
- 4
- Next »
