Skip to content

रुप अनुरागी

विभेदकारी समाज यो

विभेदकारी समाज यो, मान्छे बीच दु:खाव छन्
रुढीवादी रीति रिवाज, पालन कर्ता झुकाव छन्

अफिमभन्दा कडा नशा, फैले’कै छ यो जातभित्र
विज्ञानको यो जमानामा, आत्मा ज्ञानी अभाव छन्

दुई आत्माको मिलन

दुई आत्माको मिलन हुँदा, बन्ने सुन्दर घरबार हो
झुपडीलाई महल सम्झे, त्यही नै आफ्नो दरबार हो

तिमीलाई नै भन्दा खेरि, छाडी आएँ नाता समाज
हाँक मलाई चुनौतीमा, माया पिरती संसार हो

मेरो देश हो नेपाल

हिमाल पहाड तराईले, यो भूमिलाई ढाकेको
विविधतामा एकता छ, हामी सबैलाई राखेको
भृकुटी र सीता जन्मे, यही धर्तीको माटोमा
बुद्ध पनि यही नै जन्मे, हिंडौ ज्ञानको बाटोमा
मुटुभन्दा पनि प्यारो, यो छाती छ विशाल
भूगोलको मानचित्रमा, मेरो देश हो नेपाल

धनको गरिब भए पनि

धनको गरिब भए पनि, साथ दिउँला जुनीभर
दुई मुटुको धड्कन् बन्दै, हात दिउँला जुनीभर

आलिसान महल छैन, झुपडीको बास मेरो
दिगो प्रीति सजाएर, आँत दिउँला जुनीभर

परदेशीको प्रतिक्षामा

  • by

परदेशीको प्रतिक्षामा, दिन रात ढल्दै गए
बाटो तिम्रो हेर्दा हर्दै, नजर पनि गल्दै गए ।।

सम्झनाले सताउँदै छ, बिछोडले तड्पाउँदै छ
आशा रहर आकांक्षामा, ऋतु रागले छल्दै गए ।।

दु:ख के हो भनी जान्न

  • by

दु:ख के हो भनी जान्न, दु:खीलाई नै सोध्नु पर्छ
नसोध भो सुखीलाई त, जुम्ला हात जोड्नु पर्छ ।।

झिस्मिसे मै बाटो लाग्छन्, बधियाँ र अधियाँमा
छाक टार्न ओत लाग्न, दासी बन्दै जोत्नु पर्छ ।।

कामना मेरो नयाँ वर्ष

  • by

सुख र शान्ति सम्बृद्धि पाओस्, कामना मेरो नयाँ वर्ष
हौसला नयाँ उमङ्ग छाओस्, चाहना मेरो नयाँ वर्ष

बेतेका काल अतित सम्झ, वर्तमान् तिम्रो काँधमा छ
मेल र मिलाप् सद्भाव दाओस्, भावना मेरो नयाँ वर्ष

अलिकति जुक्यो नजर

  • by

अलिकति झुक्यो नजर, अलिकति लुकाऊ बहर
बाङ्गो छैन सोझो विचार, अलिकति दुखाऊ कहर ।।

खालि ठाउ छ कि दिलमा, यो मुटुलाई सजाई राख्नलाई
देऊ न रेखी बुझ्ने आधार, अलिकति फुकाऊ रहर ।।

गल्ती छ कि तिम्रो पनि

  • by

गल्ती छ कि तिम्रो पनि, जमानालाई दोष नदेऊ
जाती माया घाती हुन्छ, भावनालाई चोट नदेऊ ।।

वारिपारि तिम्रै छायाँ, सपनी र विपनीमा
साँचो माया दिंदा खेरि, मायालुलाई खोट नदेऊ ।।

RoopAnuragi

धर्धरी रुवायौ नि आमालाई

  • by

धर्धरी रुवायौ नि आमालाई, बगेको आँशु देख्दैनौ नेता
अन्याय अत्यचार हावी भो, चुलिंदो महङ्गी छेक्दैनौ नेता ।

राजनीति तिम्रो कस्तो हो, के-कस्का लागि लड्दैछौ आज ?
भुलायौ निमुखा जनता, सहमति कतै भेट्दैनौ नेता ?