Skip to content

बर्गर पिज्जा खानेलाई


बर्गर पिज्जा खानेलाई, ढिंडो र आटो के थाहा
आलिसान महल हुनेलाई, झुपडी पाटो के थाहा ?

सबैको जीवन समान हो,भिन्नता वर्ग विभेद हो
प्राडो र फरारी चढ्नेलाई, गरिबी जाँतो के थाहा ?

मान्छेले बनायो पैसालाई, पैसोले दुनियाँ नचायो
धनैमा औकात देख्नेलाई, मनको नातो के थाहा ?

फाटेको टोपी निम्सरो, दुखीलाई दु:खकै भारी छ
भोग र विलास गर्नेलाई, आत्मीय गाँठो के थाहा ?

मर्नुछ भनी सोच्दैन, मानिस बन्यो मतलवी
कौडीनै सर्वश्व भन्नेलाई, बोधित्व बाटो के थाहा ?

रुपलाल बिश्वकर्मा “रुप अनुरागी”
दमौली, तनहुँ
हाल : दबई, यूएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *