धनको गरिब भए पनि, साथ दिउँला जुनीभर
दुई मुटुको धड्कन् बन्दै, हात दिउँला जुनीभर
आलिसान महल छैन, झुपडीको बास मेरो
दिगो प्रीति सजाएर, आँत दिउँला जुनीभर
चाहनाको घुम्टो ओढी, भावनाको पूजा गर्दै
खुशी सारा घमाएर, मात दिउँला जुनीभर
कर्मठ् बनी जुध्नै पर्छ, झरी बादल् जिन्दगीको
उकाली र ओरालीमा, काँट दिउँला जुनीभर
सङ्घर्ष हो लेखा तेरो, बुझ्ने गर्छ कर्मजीवी
वाचा कसम सङ्गै जिउने, आँट दिउँला जुनीभर
रुपलाल विश्वकर्मा “रुप अनुरागी”
तनहुँ-दमौली, हाल : दुबई, यूएई
