दु:ख के हो भनी जान्न, दु:खीलाई नै सोध्नु पर्छ
नसोध भो सुखीलाई त, जुम्ला हात जोड्नु पर्छ ।।
झिस्मिसे मै बाटो लाग्छन्, बधियाँ र अधियाँमा
छाक टार्न ओत लाग्न, दासी बन्दै जोत्नु पर्छ ।।
गरिबीलाई दिन्छन् भाषण, सिद्धान्त र आदर्शमा
जस्को जोत उस्कै पोत, सस्ता नारा जोख्नु पर्छ ।।
भोको पेट्ले मिठो मान्छ, गुन्द्रुक् ढिंडो आँटो पनि
ती निमुखा सधैं मर्छन्, खोक्रो दर्शन् छोड्नु पर्छ ।।
फाट्या टोपी मइलो चोली, देख्छ कस्ले लेख्छ कस्ले?
कस्तो जुनी दियौ ईश्वर्, दोषी दैव खोज्नु पर्छ ।।
रमाउँदै छन् खाई मातले, हुने खाने दुनियाँ यो
जीवन् भरी ऋणको भारी, थाप्लो समाई बोक्नु पर्छ
रुप अनुरागी
दमौली, तनहु हाल दुबई यु ए ई