परदेशीको प्रतिक्षामा, दिन रात ढल्दै गए
बाटो तिम्रो हेर्दा हर्दै, नजर पनि गल्दै गए ।।
सम्झनाले सताउँदै छ, बिछोडले तड्पाउँदै छ
आशा रहर आकांक्षामा, ऋतु रागले छल्दै गए ।।
यादभित्र बाँचेको छु, पीडा लुकाई हाँसेको छु
वेदना र विरहले, अन्तर मनलाई थल्दै गए ।।
पिरतीको घुम्टो सजाई, सम्हालिंदै चलेको छु
चाँडै फर्की आउन प्यारा, बेचैन् आत्मा जल्दै गए ।।
परदेशीको प्रतिक्षामा, दिन रात ढल्दै गए
बाटो तिम्रो हेर्दा हेर्दै, नजर पनि गल्दै गए ।।
रुप अनुरागी
दमौली, तनहुँ
हाल : दुबई, यूएई
