Skip to content

दुई आत्माको मिलन


दुई आत्माको मिलन हुँदा, बन्ने सुन्दर घरबार हो
झुपडीलाई महल सम्झे, त्यही नै आफ्नो दरबार हो

तिमीलाई नै भन्दा खेरि, छाडी आएँ नाता समाज
हाँक मलाई चुनौतीमा, माया पिरती संसार हो

जुधे नजर तिमीसितै, चोरी लग्यौ यो मन पनि
यही आत्माले स्विकारेको, जिन्दगीको हकदार हो

पिरतीलाई मनै प्यारो, लालचीलाई धन दौलत
प्रीतकारी मायालु नै, मेरो दिलको सरकार हो

रुपलाल विश्वकर्मा “रुप अनुरागी”
तनहूँ, दमौली,
हाल: दुबई, यूएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *