पत्याएनन साहुले किसान क्षेत्री 'किस्मत' गजल by editorNovember 24, 20141 Commentपत्याएनन साहुले फाटेको धुरी देखेपछि हेप्छन हाकिमले मेरो मजबुरी देखेपछि रमाउनु त टाढै भो मुस्काउन पनि डर छ लखेटिदै छु पागलसँग खुकुरी देखेपछि
घरीघरी तिम्रो तस्वीर किसान क्षेत्री 'किस्मत' गजल by editorNovember 22, 2014घरीघरी तिम्रो तस्वीर आउँछ आँखाभित्र मौन एउटा चित्र स्थिर आउँछ आँखाभित्र निश्चल निर्मल पानीमा प्रतिविम्ब नदेखिदा बेचैनी र त्रास गम्भीर आउँछ आँखाभित्र
तिम्रो मेरो झाङ्गिएर बोट किसान क्षेत्री 'किस्मत' गजल by editorNovember 15, 2014तिम्रो मेरो झाङ्गिएर बोट बराबर भयो रिसायौ र मसँगै बिस्फोट बराबर भयो गुमाउनलाई प्रेममा पाएका के थियो र टाढिएछौ बिनासित्ती चोट बराबर भयो
ल्याएको थिए पराईलाई किसान क्षेत्री 'किस्मत' गजल by editorNovember 9, 2014ल्याएको थिए पराईलाई बेहुली बनाएर छोडेको थिए घरमा एक्लै नौली बनाएर खानु लाउनु जिन्दगी हो भने बाच्नु किन सताउँछ मन यै कुराले खुल्दुली बनाएर
काल आएर गयो किसान क्षेत्री 'किस्मत' गजल by editorOctober 8, 2014काल आएर गयो स्वास उठाएर लैजाऊ मलामी यो लास उठाएर यो पेसाले अब नामुक साहु हुनेछु देखायो खेल्दै गरेको तास उठाएर
दशै आयो तिहार आयो किसान क्षेत्री 'किस्मत' गजल by editorOctober 5, 2014दशै आयो तिहार आयो खुशी यतिका लिएर म हाँसिरहेछु गहभरि आँशुका ढिका लिएर के जवाफ दिऊँ म हाकिम को निर्णय बदलिएपछि पर्खी होलिन मेरी आमा हातमा टीका लिएर
मृत्युको आकाश किसान क्षेत्री 'किस्मत' गजल by editorSeptember 21, 2014बाले आफ्ना सपना र रहर बोकाएर नाम चलाउने रे छोरो बिदेश पठाएर मुर्दा बोक्ने मान्छे छैन शून्य भाछ गाउ खै के भोग्दै छ शहरले मान्छे देखाएर
चर्काएर गयौ मुटु किसान क्षेत्री 'किस्मत' गजल by editorSeptember 14, 2014चर्काएर गयौ मुटु गइनौ किन फुटाएर हास्ने इच्छा छैन यी आँसुहरू लुकाएर रोएको छु अतितका पानाहरू पल्टाएर बाँच्न के सकिन्थ्यो र नङमासु छुटाएर
साथीको ब्यथा के सुनाऊँ किसान क्षेत्री 'किस्मत' गजल by editorSeptember 6, 2014साथीको ब्यथा के सुनाऊँ यो खाडीबाट कुरा काटे जस्तो हुन्छ यार पछाडिबाट न पढियो नेपालाँ न सीप नै सिकियो कुनै मन बुझ्दैन मालिक साब्को अनाडीबाट
बृद्ध बाबु आमालाई आश्रम पठाएर किसान क्षेत्री 'किस्मत' गजल by editorAugust 24, 2014बृद्ध बाबु आमालाई आश्रम पठाएर धर्म कमाउदै छ छोरो मन्दिर बनाएर मान्छेहरू सितलताको अभिप्रायले आज शिरमा हिउँ छ, पाउमा आगो सल्काएर