बृद्ध बाबु आमालाई आश्रम पठाएर
धर्म कमाउदै छ छोरो मन्दिर बनाएर
मान्छेहरू सितलताको अभिप्रायले आज
शिरमा हिउँ छ, पाउमा आगो सल्काएर
सात समुद्रपारिकी, मेरी प्रियसी मलाई
मर्न बाध्य नपारिदेऊ प्रिया ब्यथा बढाएर
सुख पिठ्युँ पछि राखी दुखमा होमिएका
भोकै मर्नेछौ सत्य आफैले खाना पकाएर
छोरीलाई हक दिलाउनु छ भने बाबुहरू
न्यायाधीश बनाऊ नराख घरमा सजाएर
©किसान क्षेत्री ‘किस्मत’
हस्तिचौर-८पालुखा
गुल्मी
