तिम्रो मेरो झाङ्गिएर बोट बराबर भयो
रिसायौ र मसँगै बिस्फोट बराबर भयो
गुमाउनलाई प्रेममा पाएका के थियो र
टाढिएछौ बिनासित्ती चोट बराबर भयो
मेरो प्यारले सताएर नलाउनु दोष लाइछौ
सम्झे मैले पनि हाम्रो खोट बराबर भयो
प्यारको टेन्डर फेरि बन्द हुने हल्ला छ रे
प्रेमको अर्थ बजारमा नोट बराबर भयो
नदी भन्थे मेरो आँखामा, तिम्रोमा त्रिशुली
छैन रै छ पीर कसैलाई भोट बराबर भयो
किसान क्षेत्री ‘किस्मत’
हस्तिचौर -८ पालुखा
गुल्मी
