Skip to content

पत्याएनन साहुले


पत्याएनन साहुले फाटेको धुरी देखेपछि
हेप्छन हाकिमले मेरो मजबुरी देखेपछि

रमाउनु त टाढै भो मुस्काउन पनि डर छ
लखेटिदै छु पागलसँग खुकुरी देखेपछि

द्वन्दकालमा आखै अगाडि छोरो काटियो
मुर्छा खान्छीन आमा अँझै छुरी देखेपछि

पसिना बगाएर लग्यो खोलाले बगरमा छु
किनेको थिए खलामा धान मुरी देखेपछि

तिम्रो काखमा निदाउथे चैत मास बनमा
प्रिय तिम्रो मायाले पोल्छ हुरी देखेपछि

किसान क्षेत्री ‘किस्मत’
हस्तिचौर -८ पालुखा
गुल्मी

1 thought on “पत्याएनन साहुले”

  1. तपाई‌का कविताकाे शीर्षक नै
    तपाई‌का कविताकाे शीर्षक नै मिलेन “पत्याएनन् साहूले” हुनु पर्थ्याे । यत्रा दिन पनि सच्याउनु भएन त साथी । शीर्षक ता ठिक हुनु पर्ने हाेइन र । कि मै पाे गल्तीमा छु हँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *