साथीको ब्यथा के सुनाऊँ यो खाडीबाट
कुरा काटे जस्तो हुन्छ यार पछाडिबाट
न पढियो नेपालाँ न सीप नै सिकियो कुनै
मन बुझ्दैन मालिक साब्को अनाडीबाट
साच्चै ऊ महिनौदेखि यही जेलमा परेको छ
सोझो फसेको हो नेपाली नै भाँडीबाट
बिदेश आउँदा भित्राएकी प्रियसीले भन्थिन
बाबा भन्दै छोरो खस्यो यहाँ डाँडीबाट
यहाँ पैसा टिप्ने सपना सजाउनेहरूले
सचेत बन्नु म्यानपावारे गफाडीबाट
©किसान क्षेत्री ‘किस्मत’
हस्तिचौर-८ पालुखा
गुल्मी
