बाले आफ्ना सपना र रहर बोकाएर
नाम चलाउने रे छोरो बिदेश पठाएर
मुर्दा बोक्ने मान्छे छैन शून्य भाछ गाउ
खै के भोग्दै छ शहरले मान्छे देखाएर
सुन्दर सपना देखेका मेरा आफन्तहरू
लगि सक्यो खुसी जति समुद्रले डुबाएर
पछ्यौरीले आँखा छोपी नरोइदेऊ प्रिया
क्यारी जाऊ भन म बन पाखा रुवाएर
तब मान्छे आफूलाई चिन्ने छौ त्यो दिन
मेहनत गर किस्मतमा ताल्चा लगाएर
©किसान क्षेत्री ‘किस्मत’
हस्तिचौर-८ पालुखा, गुल्मी
