Skip to content

मृत्युको आकाश


बाले आफ्ना सपना र रहर बोकाएर
नाम चलाउने रे छोरो बिदेश पठाएर

मुर्दा बोक्ने मान्छे छैन शून्य भाछ गाउ
खै के भोग्दै छ शहरले मान्छे देखाएर

सुन्दर सपना देखेका मेरा आफन्तहरू
लगि सक्यो खुसी जति समुद्रले डुबाएर

पछ्यौरीले आँखा छोपी नरोइदेऊ प्रिया
क्यारी जाऊ भन म बन पाखा रुवाएर

तब मान्छे आफूलाई चिन्ने छौ त्यो दिन
मेहनत गर किस्मतमा ताल्चा लगाएर

©किसान क्षेत्री ‘किस्मत’
हस्तिचौर-८ पालुखा, गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *