ल्याएको थिए पराईलाई बेहुली बनाएर
छोडेको थिए घरमा एक्लै नौली बनाएर
खानु लाउनु जिन्दगी हो भने बाच्नु किन
सताउँछ मन यै कुराले खुल्दुली बनाएर
तिम्रा आँसु देख्दा मेरो दिल जल्छ प्रिय्
सकिएन प्यार पठाउन बिजुली बनाएर
बाध्यताले हामी टाढिदै गयौ दुई धुर्वमा
साचेर राख मेरो माया हिउँचुली बनाएर
घरको माया पाखा माया तिम्रा खातिर
आउनेछ घर यो प्रदेशी गोधुलि बनाएर
किसान क्षेत्री ‘किस्मत’
हस्तिचौर-८ पालुखा
गुल्मी
