शुरुमा त्यो फूलले हिर्कायौ मानन्धर अभागी गजल by editorMay 31, 2014शुरुमा त्यो फूलले हिर्कायौ तिम्ले यसरी मलाई आफ्नो बनायौ तिम्ले ढाँटेछौ हाँसी खुसी राख्छु भनेर छल गरी छातीमा टँसायौ तिम्ले
किन होला झुक्दैछ मानन्धर अभागी गजल by editorMay 31, 2014किन होला झुक्दैछ यो धर्तीको शिर यस्तै रै छ भाग्य यो नेपालीको तक्दिर बुद्ध त याँबाट बसाइँ सरी सक्यो मात्र हाम्रो घरमा बाँकी रह्यो तस्विर
हारेर पनि बाजी मानन्धर अभागी गजल by editorMay 31, 2014हारेर पनि बाजी मारेर गई यता न उता आज पारेर गई कथै विचरोलाई उनले आज विना अर्थमा बार बारेर गई
आज त्यो निर्दयीले लुटेपछि मानन्धर अभागी गजल by editorMay 31, 2014आज त्यो निर्दयीले लुटेपछि हार भो सबैबाट गिरेपछि बाँच्नु के आधार भो ? डर थियो आफूमा थाहा पाउला भनेर मजबुरीले आज ममा बारम्बार भो
बदनाम मै माथि किन मानन्धर अभागी गजल by editorApril 17, 2014मान्छेले यहाँ गलत बनाउन खोज्दैछ बदनाम मै माथि किन गराउन खोज्दैछ कलम बोक्ने त्यो हातले यो अभागी माथि बोकेर हतियारहरू जुरमुराउन खोज्दैछ
जालिम रहेछौ तिमी मानन्धर अभागी गजल by editorMarch 9, 2014जालिम रहेछौ तिमी नपाउञ्जेल फकायौ कस्तो स्वार्थी रहेछौ पाएपछि अघायौ कस्तो चाल रै छ त भएन मलाई पत्तो होश वा वेहोशीमा कसरी हो खै अटायौ
थाहा छैन किन होला मानन्धर अभागी गजल by editorMarch 4, 2014थाहा छैन किन होला आफ्नै सरकार झुकेको छ याँ को हाम्रो धरोहर विदेशीलाई सुम्पेको छ राष्ट्र हाँक्ने महोदय गलत अभिव्यक्ति दिंदा सँगै बस्ने सँधियार चीर निद्रामा सुतेको छ
जसको लागि जसले त्यो मन्दिर बनायो मानन्धर अभागी गजल by editorFebruary 27, 2014जसको लागि जसले त्यो मन्दिर बनायो त्यही नारीको आज खोक्रो तक्दिर बनायो घरबाट बिदा मागी लोग्नेको घर आएपछि जसले सर्वस्व दिए उसैलाई फकिर बनायो
अधिकार त्यो जमाउँदैमा मानन्धर अभागी गजल by editorFebruary 19, 2014अधिकार त्यो जमाउँदैमा नहोला ठूलै गजलकार चटके छोराले बाबुलाई गर्दैछ नराम्रो व्यवहार बाबुभन्दा छोरो जान्ने तिम्रो त्यो अहँकार तिमीमा त्यो घमण्डपना देख्दैछौ हामी बारम्बार
झ्वाम्मै हाम नफाल्नु है मानन्धर अभागी गजल by editorFebruary 15, 2014झ्वाम्मै हाम नफाल्नु है जिन्दगी विगार हुन्छ हजारमा एकमात्र जहाँ वफादार हुन्छ माया लाउनु अघि होश पुर्याएस है जालमा पार्नेहरूको वहाना हजार हुन्छ
जिउँदो त्यो लाशलाई (गजल) मानन्धर अभागी गजल by editorFebruary 12, 2014जिउँदो त्यो लाशलाई चितामा जलाउँदै छौ जसको मृत्युमा तिम्ले उत्सव मनाउँदै छौ अपार माया नहुँदो हो श्रद्धाञ्जली अर्पंदै फेरि पनि आज किन आँशुहरू बगाउँदै छौ
हुर्किन नपाउँदै आज त्राश भो मानन्धर अभागी गजल by editorFebruary 9, 2014हुर्किन नपाउँदै आज त्राश भो जिन्दगी माया बस्नु अघि लास भो जिन्दगी भावीले लेखेको भाग्य कस्तो अभिशाप भयो निस्तो भातझैं औषधी गाँस भो जिन्दगी