शुरुमा त्यो फूलले हिर्कायौ तिम्ले
यसरी मलाई आफ्नो बनायौ तिम्ले
ढाँटेछौ हाँसी खुसी राख्छु भनेर
छल गरी छातीमा टँसायौ तिम्ले
कहिल्यै नमेटिने दागी बनायौ
आज यो जिन्दगी रङ्गायौ तिम्ले
शिशा सरी जिन्दगी फुटाइहाल्यौ
अर्कै साथीको हात थमायौ तिम्ले
नारी त बजारको वस्तु हैन नि
भन म जस्ती कतिलाई फँसायौ तिम्ले ।
– © मानन्धर अभागी ।
