अधिकार त्यो जमाउँदैमा नहोला ठूलै गजलकार
चटके छोराले बाबुलाई गर्दैछ नराम्रो व्यवहार
बाबुभन्दा छोरो जान्ने तिम्रो त्यो अहँकार
तिमीमा त्यो घमण्डपना देख्दैछौ हामी बारम्बार
मतियारहरू केही पालेर सभाकक्षमा त्यो चलखेल
ताली पड्काउने सपना त्यागे हुन्छ विचार
साहित्य भित्र दूषित एउटा खेल खेल्दैछौ
रणनीति मान्नु पर्दछ हजुरलाई हाम्रो नमस्कार ।
– © मानन्धर अभागी ।
