किन होला झुक्दैछ यो धर्तीको शिर
यस्तै रै छ भाग्य यो नेपालीको तक्दिर
बुद्ध त याँबाट बसाइँ सरी सक्यो
मात्र हाम्रो घरमा बाँकी रह्यो तस्विर
देवता सबै सिमापारी भो विराजमान
हेर्नोस् त जताततै खाली देवालय मन्दिर
होस्टे र हैंसे गर्दैछ नेपाल उतै गाभ्दैछ
सकूनीको गोटी चाल फ्याँक्दैछ मुसाफिर
यौटा कूर्चीको निम्ति विदेशीको पाउ पर्दै
आफ्नै मान्छे पो विक्दैछ यहाँ निर ।
– © मानन्धर अभागी ।
मिति २०७० साल माघ ११ गते शनिबारको दिन ‘आरम्भ’, एक पूर्ण साहित्यिक शब्दयात्रा, बहुभाषी काव्य गोष्ठीको ४० औं शृङखला, घट्टेकुलो विकास समाजको सभाकक्षमा वाचन गरिएको गजल ।
