हुर्किन नपाउँदै आज त्राश भो जिन्दगी
माया बस्नु अघि लास भो जिन्दगी
भावीले लेखेको भाग्य कस्तो अभिशाप भयो
निस्तो भातझैं औषधी गाँस भो जिन्दगी
अकल्पनीय रोगले निम्त्याएपछि आफूमा
शत्रुभन्दा नि ठूलो आभास भो जिन्दगी
हाँसीखुसी दिन गन्दैछे निराश उनी देखिन्छे
कल – कलाउँदो उमेरमै नाश भो जिन्दगी
आधा त्यो उमेर अँझै बाँकी नै रहेछ
समय पुग्नु अगावै अवकाश भो जिन्दगी ।
© मानन्धर अभागी
