Skip to content

थाहा छैन किन होला


थाहा छैन किन होला आफ्नै सरकार झुकेको छ
याँ को हाम्रो धरोहर विदेशीलाई सुम्पेको छ

राष्ट्र हाँक्ने महोदय गलत अभिव्यक्ति दिंदा
सँगै बस्ने सँधियार चीर निद्रामा सुतेको छ

किन र कसरी भन्दैछ टनकपुर भारतको ?
हामी नेपाली जनतामा गहिरो ठेस पुगेको छ

राष्ट्रको हित चाहने ती नेताहरू भनाउँदा
मुखमा दही जमाएर किन मुख थुनेको छ ?

देशकै प्रश्न चिन्ह उठ्यो नैतिकता नै गुमाएर
आफ्नै माटोको विरुद्ध के कारणले उभेको छ ?

– © मानन्धर अभागी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *