Skip to content

जालिम रहेछौ तिमी


जालिम रहेछौ तिमी नपाउञ्जेल फकायौ
कस्तो स्वार्थी रहेछौ पाएपछि अघायौ

कस्तो चाल रै छ त भएन मलाई पत्तो
होश वा वेहोशीमा कसरी हो खै अटायौ

सँगै बाँच्नेसँगै मर्ने वाचा कसम खाएथ्यौ
पिरतीको भीख माग्दा आज तिम्ले लत्यायौ

कस्तो हुँदो हो पुरुषको जात जनाइ हाल्छ
तिम्लाई भेट्न आउँदा चिन्दिनँ भनी बतायौ

कस्तो त्यो तिम्रो नियति ? अर्कैसँग लागेछौ रे
मर्नु न बाँच्नु बनाई जिन्दगी भर तड्पायौ ।

– © मानन्धर अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *