Skip to content

मिलन एस.डी.

बन्द र हडताल नगर्ने सक्लप लिएर आऊ

कोही बन्द नगर्नेहरू पनि आऊ
विचार विमर्स गरेर निकास निकालनेहरू पनि आऊ
अति भो अब यो देश नेपालमा
नेता र कार्यकर्तामा स्वचेतनको विवेक जगाऊ

आमा तिमी पृष्टभूमि हौ

आमा तिमी नै हौ मेरो पृष्टभूमि
तिमी नै हौ आमा मेरो जगत जननी
मैले हिडने बाटो पनि तिम्रै हो निसानी
तिम्रै उपहार हो मैले हेर्ने हरेक विहानी

उनी आउँछे, प्रेमको माला लिएर आउछे

ऊ आउछे, मेरो ह्दयसँग मित लगाउन आउछे
आँखाभरि खुशीको बहार लिई ह्दयलाई जोडन आउछे
अब केही दिनमै ऊ मलाई अँगालोमा बाध्न आउछे
हो आउछे ऊ मसँग माया पिरती गासन आउछे

फेरिन्न यहाँ समाजको रीत तिमीले रोएर

जार्नै पर्छ एक दिन छोरी माईतलाई छोडेर
राखी मुटुमा ढुगा चाल्नु छ पाईला आसु है लिएर
छोरीको कर्म पीडा र मर्म जादैन धोएर
फेरिन्न यहाँ समाजको रीत तिमीले रोएर

समाजिक ब्यवस्थाले तिमीलाई ठगेकै हो

तिमीले अब सम्वेदनशिल बन्नुपर्छ
तिम्रो सजमाजिक ब्यबस्थालाई अध्ययन गर्नै पर्छ
हो तिम्रो पहिचान र अस्तित्वमाथि ठुलो वज्रपात खसेकै हो
त्यो केवल तिमीले त्यसलाई खोज्न सक्छौ
तिमीले नै त्यसलाई बुझन र महसुस गर्न सक्छौ

अतितको घाउ कोट्याउन अब कहिलै नफर्कनु

तिमीले दिएका आशाहरू विर्सेर अब वाँच्दैछु
गहभरि आसु अनि मुटु भरि चोट लिई हाँस्दै छु
तिम्रो आशाहरू झुठा रैछ भनी मनलाई बुझाउदैछु
वैशको क्षणमा सानो भुल भनी अतितलाई सच्याउदैछु

आसुँ पुछ्ने हातले

आसुँ पुछने हातले अरुलाई नै सिउदो सजाउन गएछौ
जीवन भरि साथ दिने वचन आफैले नै किन लत्यएछौ ?
कसरी मेरो पवित्र मायालाई तिलान्जली दिन गएछौ
धोका दिई मलाई अरुलाई जीवनमा अंगाल्न पुगेएछौ

कस्को श्राप लाग्यो हाम्रो पिरतीमा ?

कस्को श्राप लाग्यो वरै हाम्रो पिरतीमा ?
उनी र म दुई किनार बन्यो सानो गल्तीमा

आधी हुरीलाई थेग्न सक्ने हाम्रो थियो सम्झौता
हरेक अवस्थामा जोडेर राख्ने छौ हामीले हाम्रो नाता
वैरी हावा चल्यो हाम्रै वरपर टुटेर गयो माया पिरती
उनी र म दुई किनार बने परे कस्तो यो आपती ?

देवी देउतालाई भाकी कसम खाएकै थिए
फूलको माला हृदयलाई साची चढाएकै थिए
फेरि किन आयो हाम्रो सामु अन्धकारमय एक्लो राति ?
हे दैव किन दियौ हामीलाई नै यस्तो विपती ?

वरु दुःख सहन्थ्यौ हामी एक आंगनमा वसेर
ह्दयका चोटहरू मेटाउथ्यौ आसुले धोएर
उनकै यादमा वगाइदिए मैले मेरा आसु जति
अब गाह्यो भो जिउन आउ छिटै कालगत्ती

हरेक रात नग्याउने बेईमान हातहरू

जब दिन ढल्दै जान्छ अनि मेरो बिहानीको सुरुवात हुन्छ
मेरो प्रतिक्षा काठमाडौको चहलपहल शहरको विचमा हुन्छु
रतनपार्कको छेउछाउमा प्रतिक्षामा रहिरहेको हुन्छु
आफनै शरीरलाई निहारी आफैलाई हेरिरहन्छु
मनमनै आज कुन बेईमान हातहरूले मलाई
नग्नता बनाउने छन