तिमीले अब सम्वेदनशिल बन्नुपर्छ
तिम्रो सजमाजिक ब्यबस्थालाई अध्ययन गर्नै पर्छ
हो तिम्रो पहिचान र अस्तित्वमाथि ठुलो वज्रपात खसेकै हो
त्यो केवल तिमीले त्यसलाई खोज्न सक्छौ
तिमीले नै त्यसलाई बुझन र महसुस गर्न सक्छौ
तिमी सुन्दर जीवन पाएका छौ
अध्ययन गर्नै पर्छ जीवन पाएपछि
जीवन जीउनै पर्छ मानवको चोला पाएपछि
चाहे दुखको सागर ओर्लाेस
चाहे खुशीको बहार नै छाओन
हरेक पंक्तिमा अध्ययन गर्नै पर्छ
ती पंक्तिबाट सार तत्व लिनै पर्छ
नि सार्थक जीवन वनाउनै पर्छ
तिमी दोस्रो दर्जा बनाईएको मान्छे होउ
प्रकृतिले तिमीलाई ठगेका होइन
समाजिक ब्यवस्थाले तिमी ठगेकै हो
तिमीले मानवीय ब्यवस्था बनाउनु छ
स्वर्थपुर्ण ब्यबस्थालाई तोडनु पर्नेछ
र त तिमीले यस समाजलाई अध्यन गर्नु पर्नेछ
अनि सुक्ष्म अध्ययन गरेर तिमीले फेर्ने आट गर्नु पर्छ
तिमीले एकताको सुत्रमा बाधनुपर्छ
अनि अध्ययनको वातावरण बनाउनु पर्छ
तिम्रो समाजले तिमीलाई ठगेको नै हो
तिमीलाई तिमीलाई चिन्नबाट बञ्चित गरेकै हो
तर तिमीलाई त्यसतो वातावरण दिएन
तिमीसँग हरेका अवस्थाबाट अध्ययन रोकेकै हो
अब पनि तिमी त्यसलाई निरन्तरता दिनबाट रोक्नु पर्छ
अनि तिमीले नया समाजिक ब्यबस्थाको वैकल्पि खोज गर्नै पर्छ
त्यसैले तिमी अब हरेक क्षण अध्ययन गर्नै पर्छ
अनि तिम्रो विवेकलाई खुल्ला आकाश झै बनाउनै पर्छ
आकाशमा अध्ययन नगर्नु तिमी
जमिनलाई नै पहिले अध्ययन गर्न सक्नु
तिम्रो नजिकको हरेक थोकलाई अध्ययन गरेर जान्नु
नजिकबाट शत्रुता पैदा हुदोरहेछ
नजिकबाट हारसम्म पुग्दोरहेछ
तसर्थ तिमी वाचनका लागि त्यस्तो कार्य गर्न पर्छ
अनि तिमीले त्यस सोचमा परिवर्तण गर्नै पर्छ
तिमीले साचो कुरा भन्नै पर्छ
समाजिक रित फेर्नलाई तिमीले नया खोज गर्न पर्छ
काहा विना खोज विना नया कुरा पाइन्छ र ?
विना युवामय विचार बाट कसरी सम्भव हुन्छ र ?
त्यसैले त्यो समाजिक ब्यबस्थालाई बुझनु पर्छ
एक जुटभई सच्याउनै पर्छ
अब फेरि विभेदको विउ रोपनु हुदैन
मिहनेतीहरूलाई समान्न गर्नैपर्छ ।
