आमा तिमी नै हौ मेरो पृष्टभूमि
तिमी नै हौ आमा मेरो जगत जननी
मैले हिडने बाटो पनि तिम्रै हो निसानी
तिम्रै उपहार हो मैले हेर्ने हरेक विहानी
तिम्रै आँखाबाट मैले संसार देखे
तिम्रै प्यासबाट मैले तिर्खा सबै मेटे
पहिलो पल्ट आमा तिमीलाई संसारमा भेटे
भावीले नै तिम्रो र मेरो साइनो जोडे
तिम्रै रगत र सासबाट मलाई वचाऔ
शरीर एक भाग बनाई मलाई राखेऔ
आफ्ना इच्छा त्यागेर मलाई सेवा गरेऔ
गर्भको जाल हटाइ संसारमा ल्याऔ
प्रसव पीडा सही तिमीले जन्माऔ
मेरे निम्ति आमा तिमी मृत्युलाई बोलाऔ
काल कष्ट सवलाई तिमीले दूर भगाऔ
आमा भनी तिमीले नै पहिचान दिलाऔ
ओट चलाउन तिमीले नै सिकायौ
दुई घुटका दुध आमा तिमीले पिलाऔ
आसुको दहबाट तिमीले हुर्काऔ
मैले हिडने बाटोहरू तिमीले देखाऔ
तिम्रै शिक्षा पाई आज शिक्षित कहलाउछु
मेरो पृष्टभूमिको चरणमा यो शिर झुकाउछु
धन सम्पति होइन मलाई तिम्रो चरण माग्छु
आमाको भाव वुझन सक्ने आशिष माग्छु ।
