Skip to content

मिलन एस.डी.

MilanSDGuru

हृदयको संगीत छोडी भौतारिरहे

बजाउनै जानिएन आफ्नै हृदयको तार
जिउन पनि जिए केवल सदैव हतार हतार
हृदयको संगित छोडी भौतारिरहे सारा संसार
सिद्धान्तमै जीवन खोजीरहे छोडेर घर ब्यवहार

ज्ञानले जीवन सृगार्नु पर्छ जानेर स्वआत्मा ज्ञान
स्वयंको वलमा जीवन जिउनु बनाई नवपहिचान
फुल्दैन फूल, दिदैन सुभाष, हुदैन सुनौलो विहान
आफनै जीवन बोझ बन्छ गरे दिनदुखीलाई अपमान

कथा जस्तो होईन जीवन

कथा जस्तो होईन जीवन सजिलै टुगिने
पात्रको भाव शब्द र सम्वाद गरेर निचोडिने
शब्दको खेल होईन जीवन पुस्तक भई लेखिने
शव्दको रटान होईन जीवन पर्यावाची भई बोलिने

आमाको काख फर्केर आउदैन

ओटको पहिलो–पान, आँमाको काख फर्खेर आउदैन
गर्भसँगै पाएको साइनो खोजेर कहीं कसैले पाउदैन
आँमाको सास स्पर्ष विहीन हात जीवन बन्दैन
नहरे आमा नरहे ममता संसार चल्दैन

स्व–आत्माको दीप जलाऊ

जीवन सार्थक बनाउन सवले स्व–आत्माको दीप जलाऊ
श्रवणको द्धारबाट सत्यलाई आफ्ना हृदयमा बोलाऊ
छिपित आत्मा जड बनिएको छ केही माथाी उठाऊ
मनको भ्रमित भावना हटाई आत्माको दीप जलाऊ

जातीय पर्खाल एक दिन सदाको लागि ढल्नेछ

मैले पनि आज एकजना गुरुलाई जलाएर आए
उनको शरीरलाई सदाका निम्ति खरानी बनाएर आए
यो मन भकानिएर रोए अनि कराए
तर निश्ठुर समयले लिला सम्पात गरेरै गए

तिम्रै यौवनताबाट उठेको थियो त्यो बासना

तिम्रै यौवनताबाट उठेको थियो त्यो बासना
त्यही बासनाको पछि पछि आफूलाई डोर्याइरहे
तिम्रो त्यो बासनाले त झन झन तानदै गयो
म आफै पनि त्यसै बासनाको बाटोमा हराइरहे

कस्तो त्यो तिम्रो यौवनाको वासना
यो हृदयले पढनै नसकिने
तिम्रो पाइला पाइलामा नजरले नियाल्दा पनि
यो तनको धोको नै नमेट्ने

परिश्रम नगरी कसैले पाईदैन मिठो फल

परिश्रम नगरी कसैले पाईदैन मिठो फल
इनार आफै आउदैन मुखमा बनेर पवित्र जल
प्यासी नै जानु पर्छ खोजनलाई इनर कल
पाँउ र हातको संयोजन भई जन्मछ शारीरिक वल

कर्मको डोरी नतोडनु कहिलै

कर्मले रेखा कोर्दै जाऊ यो मानव लोकमा
सचेतना जगाउ तिमीले हरेक दुख र कष्टमा
ज्ञान नै मित्र हुन्छ तिम्रो मानव जीवनमा
सत्य र धर्म जोगाई राख हरेक अभावमा

जय शब्द जय साहित्य

विन्दु विन्दु मिलाउदै गए
एउटा सुन्दर अक्षर बन्यो
अक्षर अक्षर जोडदै गए
अर्थ दिने एउटा शब्द बन्यो
शब्द शब्द पनि जोडदै गए
केही सन्देश दिने वाक्य बन्यो

आँसु नझार प्रिय

आसु न झार प्रिय केही दिनको लागि मात्र हो
म फेरि तिम्रै खाकमा खेल्न आई पुग्ने छु
त्यो खाडी देशबाट मिहेनत गरी कमएर
तिमीलाई सुनको चुरा ल्याई दिने छु

मानवको जात मानव नै हुन जनावार हैन

रगत रातै जीवन उस्तै फरक केही छैन
मानवको जात मानव नै हुन जनावार हैन
जातको पुजारी होइन अब मानवताको पुजारी बनाऔ
सगरमाथा अनि बुद्धको देशमा जातीय विभेद मेटयौ

परिवर्तनको पखाईमा

परिवर्तनको पखाईमा रहेका यी आँखाहरू फेरि रसायो
कुन वैरीको नजर परयो भाइको बिरुद्ध भाइले नै बन्दुक उठायो
फेरि ठाउँ-ठाउँमा बम राखिएका पत्रपत्रिकाले समचार ल्यायो
परिवर्तनको आसमा बाचेको यो प्राण आफै धिक्कार भयो

हाम्रो माया ओइलिएको फूल जस्तै भयो

सुन्दर र आकषर्ण देखिएको हाम्रो माया
हिजो आज ओइलिएको फूल जस्तै भयो
न शिरमा सजाउने
न मन्दिरमा चढाउने
आकर्षण भित्र ओइलिएको भाव जस्तो
निराशता र विवशताको भाव जस्तो

फूलले पनि घोच्दो रहेछ

काँडाले मात्र होइन फूलले पनि घोच्दो रहेछ
घृणाले मात्रा होइन प्रेमले पनि हृदय पोल्दो रहेछ
पराईहरू मात्र होइन आफन्त पनि दुश्मन बन्दोरहेछ
आगोले मात्र होइन अतित र विछोडले पनि छाती पोल्दो रहेछ

आफनै घर जलेको सपना

निन्द्रोको त्यो पल
स्वाचेतनाहरूले विश्राम लिएको त्यो क्षण
सपनाहरू बनेर कहिले काही थरी थरी बनेर आउछ
तर बितेको दिन अचम्मैकै सपना देखे
आफनै घर जलेको कस्तो सपना देखे
घरको दक्षिण भागवाट आगे लागेको देखे
घरको दक्षिणबाट सल्किएको आगो
पश्चिम सीमासँगै घर आधा क्ल्चो खरानी बनायो

बेश्याका अन्तरवेदना

म समाजले हेर्ने बेश्या होइन
हो म घृणित पात्र पनि होइन
समाजभन्दा फरक नै मैले के गरेको छु र ?
हर रात हर दिन जो समाज भएको काम त हो
म त्यसभन्दा फरक नै के गरेको छु र ?
के म यो समाजभन्दा पर त छ्रैन नि
समाजकै कोही व्यक्तिको प्यास मेटाएको छु
त्यही प्यास मेटाए वापत केही रकम थापेको छु
जो समाजमा दिनहुँ कोठा बन्दमा भएको काम गरेको छु