Skip to content

अतितको घाउ कोट्याउन अब कहिलै नफर्कनु


तिमीले दिएका आशाहरू विर्सेर अब वाँच्दैछु
गहभरि आसु अनि मुटु भरि चोट लिई हाँस्दै छु
तिम्रो आशाहरू झुठा रैछ भनी मनलाई बुझाउदैछु
वैशको क्षणमा सानो भुल भनी अतितलाई सच्याउदैछु

तिम्रो सिउदो सजाउछु भन्ने आशा अब मेटिएर गयो
मेरो र तिम्रो जीवनको यात्रा दुई किनार भयो
जीवन भरि नछुटिने तिम्रो कसम समझना मात्र रहयो
विर्सन खोज्दै छु त्यो कथालाई जुन अधुरो रहन गयो

चाहेर गरयौ या वाध्यताले सकिन मैले बुझ्न
तिम्रो प्रेमको आगनमा सकिन मैले खेल्न
रहर केवल रहर मै रहयो कठिन छ भुल्न
तिमीले दिएका आशाहरू अब सक्दिन साचेर राख्न

कुनै वेला फुर्सद भए एक फेर सम्झनु
तिमीले दिएका आँसाहरूलाई नियालेर हेर्नु
जाँउ अब तिमी आफनै संसारमा रमिरहनु
अतितको त्यो घाउ कोट्याउन अब कहिलै नफर्कनु
अब कहिलै नफर्कनु …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *