जाऊ धेरै टाढा अब मलाई छोडेर जाऊ
तिमी दिएका सबै प्रेमका परिभाषा लिएर जाऊ
आँखामा झल्कने तिम्रो तस्विर लिएर जाऊ
हृदयको कुनामा रहेको माया पनि मेटेर जाऊ
चोखो मायाको कथा पनि मेटिएकै हो
तिम्रै निम्ति बाँच्ने वाचा झुठो नै सवित भो
किन अब मसँग झुठो नाता जोडेर बसाउ
मेरो उजाड जीवनमा म कसरी सजाऊ
हासने तिम्रो कोही आफन्त भेटिएछ
दुख सुख बाँडने केही साइनो जाडिएछ
केही हुन्न तिमीलाई पहिलो प्रेम तोडेर जाऊ
आसुको सागरमा मलाई तिमी छोडेर जाऊ
बगेको खोला सुके भन्छु जीवनको गोरेटोमा
रहेन्छौ तिम्रो लागि म हृदयको पानामा
कोही थियो तिम्रो निम्ति हात समाएर जाऊ
ओठको नासो ओठवाटै सुकाएर जाऊ
मिलन एस.डी.
