मिलन एस.डी.

मेरो शरीरमा कोरोना छ अरे

सानु तिमी र मेरो छुटिएको पाचौं वर्ष भयो
तिमी स्वदेशमा अनि म विदेशमा
भोलि मिलन हुनेछ वर्षौपछि तिमी र मबीचमा
माया पिरतीका फूलहरू फुल्ने छ हामी दुईमा

म विदेशको भूमि छोडिरहदा तिम्रै बारेमा सोचिरहेको छु
तिम्रो मन्द मुस्कान अनि फकरिएको जोवन कस्तो भएको होला
तिमीसँग काखमा खेलिरहेका हाम्रो पिरतीको फूल जस्तै देखिने
प्यारी छोरी कस्ती भए होला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कस्तो रैछ माया तिम्रो धारै धार थियो…

टुक्रा टुक्रा मुटु मेरो पारेर गयौ
कस्तो रैछ माया तिम्र्रो धारै धार थियो
मायाको नासो अब याद मात्रै रहयो
खुशी अनि जित तिम्रै हार मेरो भयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो कथा त्यो वृक्षलाई सोध

म अँझ पनि जीवित झै लाग्छ
मेरा आवाज अँझ पनि त्यही वरपर गुन्जिरहन्छ
हामी सपरिवार त्यहीबाट
आफ्ना भूगोल नियालिरहेको हुन्छु
अनि कोही हृदयलाई बुझने
आत्मालाई देख्ने आत्मालई भनिरहन्छु
मेरो कथा त्यो वृक्षलाई सोध
म कसरी मारिए
मेरा वंशज कसरी बिनासिए
अनि कसरी टाढियो मेरा तन नेपालीजनबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गयौ यो दिल जलाएर…

मायामा आगो लगाई गयौ यो दिल जलाएर
अर्कैको हात समाई गयौ दुनिया हसाएर
खाएको कसम जोडेको नाता गएछौ तोडेर
आँखामा आशु दिएर गयौ मुटुलाई फोडेर

जलिरहेछु विछोडको रापमा यो जिउदो तनमा
दुखको विगुल बजिरहेछ यो भित्री मनमा
चरी चै एकलो भौतारी हिडछु उराठ बनमा
कसलाई देखाऊ कसले देख्छ मेरो यो मनमा ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चाहिदैन मलाई आकाशको तारा

चाहिदैन मलाई आकाशको तारा
चाहिदैन मलाई पूर्णेको जुन
सक्छौ भने गरिराख सदैव
दुई आत्माका मिलन
अनि बाँडिराख मिलन भित्रको मिठो प्यार
अनि म त्यही प्यारमा हराइरहुँ
तिम्रै छायाको वरपर नाचिरहुँ
उमंगले दिल खोलेर हाँसिरहुँ
म तिमीसँगै साथ साथ रहिरहुँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली हुँ म नेपालमै रमन देऊ

सूर्यचन्द्र ध्वजामुनि मलाई रम्न देऊ
सयौ थुंगा फूलका हामी.. मिलेर गाउन देऊ
हिमाल पहाड तराई फाँटमा सुवास छर्न देऊ
नेपाली हुँ म नेपालको छोरो नेपालमै रम्न देऊ

उतरमा चिन दक्षिणमा भारत छिमेकी बसेका
विश्वकै अग्लो चुचोरो हिमाल निडर भै हाँसेका
डाँडा पाखा वनैभरि गुराँस फुलेका
तराईको फाँट धानका बाला खेतमा झुलेका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म पनि तँ मान्छे नै हुँ

म पनि त मान्छे नै हुँ किन पो भेदभाव ?
मान्छे मान्छे विच गर्छौ किन फरक स्वभाव?
शिक्षित भन्छौ डिग्री पाएका कस्तो हो प्रभाव ?
बुद्धको देश शान्तिको भूमि ज्ञानको अभाव

मान्छे मान्छेबीच छोइन यहा कास्तो हो संस्कार ?
उच्च र निच धनी गरिब फरक छ व्यवहार
कोही हेपिन्छ निच भनी कोहीले पाइन्छ सव सत्कार
समाज भित्र देखिन्छ सदैव भाडभैलो अत्यचार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फूलबिनाको बगैंचा

फूलबिनाको बगैंचा जस्तै बनेको छु
सुवासबिनाको फूल जस्तै फुलेको छु
बाटोबिनाको यात्री जस्तै भौतारिएको छु
जलबिनाको माछी जस्तै छटपटिएको छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विकृत फूलहरूसँगको साक्षात्कार

अचेल देख्छु आफैलाई
अनि मेरा जीवनका पाइलाहरूलाई
जाहा सुधारमय पंक्तिहरू देखिन्छ
आफैलाई छोडी अरुको पाई पछि कसरी लम्कयौ
मेरा पाइलालाई परिवर्तण गर्न सकिए
जीवनको यथार्थमा दौडान सकिए
मेरा जीवन त्यसैमा सार्थक हुन सकिन्छ जस्तो भान हुन्छ
र मैलो आफ्ना पाई मुनि लुकेका
विकृतका फूलहरूसँग साक्षात्कार गरिरहेको छु
अनि स्वयं परिवर्तनका रेखाचित्रहरू खोरिरहेको छु
त्यसै चित्रको बाटोमा मार्ग चित्र मान्दै अगाडि बढिरहेको छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खै के भनौ तिम्रो त्यो तनलाई

तिम्रो शरीर मलाई
रकसीको बोतल झै लाग्छ
अनि त्यो तिम्रो माया मालाई
बोतल भित्रको नशा झै लाग्छ
त्यस्तो नशा जस्ले नपिउदै लठयाइदिन्छ
पिएर हेर्दा आफू र आफन्तलाई भूलाइदिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्नेहमय जल अर्पण गरेको छु

तिम्रो सुन्दरतको त्यो गहिराइमा
म त डुबिसकेको छु
तिम्रो मृगनयनी सपनाको तालमा
म हृदय खोली पौडिसको छु

त्यो चन्चचले यौवनको बासनामा
म आफैलाई सुम्पिदिएको छु
तिम्रो कोमलमय स्नेहकोसामु
आफैलाई भुलिसकेको छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भूकम्पले हल्लिएको देश

भूकम्पले हल्लिएको देशको यो माटो र परिवेश
बेलाबेलामा हलै हल्लाहरूले पनि हल्लाइदिन्छ
आयो…..आयो .. भन्ने शब्दले एकाएक
मनमा डर त्रास फैलाई दिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिम्रो प्रेमको नुनिलो स्वाद

मैले पनि माया गर्न चाहन्थे
मायाले भरिएको संसार हेर्न चाहन्थे
एकलो पनको यो संसार त्याग्दै
तिम्रै हृदयको कुनामा बस्न चाहन्थे

हात जब दियौ तिमी मलाई समाउन
गरिब थाहा पाएर पनि चाहयौ अपनाउन
अनि तिम्रो माहान्ताको सागर देखे
त्यही मायाको सागरमा मैले आफनो सब बिर्से

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पीडा बिर्साइदिने त्यो तिम्रो माया

जबदेखि यो हृदयको तार तिमीसँग जोडियो
मेरा जीवनका पाईलाहरू पनि एकाएक मोडियो
आँसुभित्र पनि सुखद सुभाष खोज्न थालियो
पाईलै पिछे त्यो प्रेमरस जलपान गर्न पाईयो

तिमीसँग हिडदा सुनसान बाटो पनि सुन्दरताले भरिदिन्छ
तिम्रो साथले कठिन लामो यात्रा पनि सहजै छोटिन्छ
कुन रंग हो तिम्रो सवथोकलाई प्रेम मै बदलिन्छ
त्यही साथ पाउन यो मन लालायित भइदिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Milan

ओठमा मुस्कान थियो तिमी साथ हुँदा

ओठमा मुस्कान थियो तिमी साथ हुँदा
खुशिको लहर थियो संगै एक रात हुदा
रात पनि सानो हुन्थ्यो तिम्रो मेरो बात हुदा
रंगिनमय लाग्थ्यो संसार हामी विच भेटघाट हुदा

मन तंरगित बन्थ्यो जव तिमीले यो तन छुदा
मन वसमा हुदैनथ्यो जव तिमी साथमा बस्दा
कलपनाकै संसार बनाईरहन्थ्ये तिमीले मेरो हात माग्दा
असहय पिडा हुन्थ्यो तिमीले मबाट छुटिएर जादा

तिमी विनाको संसार उदासमय लाग्न थाल्यो
यो मनले खै किन किन त्यो मनलाई खोज्न थाल्यो
कति टाढा भईयौ तिमी छाडेर मलाई एकलो ?
तिमी विना ह्दयमा लागि सके विरहको डढेलो

आसु पुछिदिन्थ्यौ हात समाई म रोएको बेला
त्यो तन साहार बन्थ्यो म निदाउन चाहेको बेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सहनै गाह्रो हुदो रैछ

सहनै गाह्रो हुदो रैछ तिमीले
अरुसँग नजर जुदाइरदा
बेचैनी पैदा हुदो रहेछ तिमीले
अरुको हात समाइदिदा
हृदय जलनले तापमय हुन्छ
जब प्रेममय भाव अन्तै मोडदा
तन मन छटपटिन थालिदो रैछ
हृदय टुक्री आँसु भई झर्दा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आसमय बन्यो त्यो तिम्रो माया

आशमय बन्यो त्यो तिम्रो माया हृदय जलाई
अधुरो प्रेम चोटको कथा सुनाउ कसलाई
सुकेको ओठ आँसुमय गह लुकाउ कसरी
पोल्द छाती बग्दछ आँसु याद आउदा बेसरी

बुन्नेको सपना उजाडिदै गयो एकलो भो संसार
हे दैवा हाम्रो प्रेमले तिमीलाई के गरयो बिगार ?
प्रेम हाम्रो आधा बाटो नपुग्दै टुंग्याएयौ
बिछोडको रापले हामी दुईलाई जिउदै जलायौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुस्कान भित्रको गहिराइ

तिनको मुस्कानभित्रको गहिराईमा म हराइसके
ओठ र आँखाको गहिराई भई हृदयसम्म पुगिसके
प्रेमको पूजारी तनका राजा आत्मालाई सोधिसके
के तिमी मेरी हुन्छौ ? म तँ तिम्रो भैसके

कम्पन्नभन्दा सानो आवाज यो हृदयले सुने
मैले पनि तिमीलाई रोजे मधुरमय स्वरले भने
दुई आत्माको मिलन नजरको रेखाले ताने
हृदयको पवित्र प्रेमलाई दुई ओठको मुस्कानले जाने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विना गुरु हरेक पाइला काँडा नै काँडा

ज्ञानको ज्योति दिइने गुरु मदेखि धेरै टाढा छन्
विना गुरु हरेक पाइला काँडा नै काँडा छन्

हिँडदै जाँदा लडिन्छ एकलो छैन नि समाउने
थकित यो मन, निराश जीवन, सत्यमा छैन नि डोराउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •