Skip to content


देश अन्तरकलहको आगोले जलिरहदा
मसँग कसरी खुशीको भाव भेटिन्छ र ?
कानूनविहिन देश बनाउन बाटो रोजिरहदा
मेरा कलम कसरी चुपाचाप बसिन्छ र ?

वैदेशिक हस्तक्षेपले आफनै भूमिलाई धब्बा वोल्दा
कसरी युवामय चेतना झुकेर शिर निहुरयाउछ र ?
नेता महोदयहरूले आफनै निर्णय वेचिरहदा
मातृभूमि कसरी खुशी भइन्छ र ?

युवाहरू देशलाई छाडेर खाडीमा भौतारिदा
सगरमाथा विश्वको सामु कसरी गर्व गर्न सकिन्छ र ?
परजीवि मानसिकताले सर्वत्र छाइरहदा
कसरी स्वचेतन विचारहरू रमाउन सकिन्छ र ?

पानी पनि जाहा स्वतन्त्र भई बग्न नपाउदा
कसरी नेपालीपन वग्न सकिन्छ र ?
सुस्ताका नेपाली चोटमाथि चोट खाइरहदा
वीर नेपालीको शान कहिलेसम्म रहन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *