Skip to content

मिलन एस.डी.

कसरी एका एक तिनको हृदय ढुगाँ बन्न सक्दछ र ?

मैले अँझै पनि बुझन सकिन प्रेमको त्यो परिभाषाहरू
छुटयाउनै सकिन मैले जीवनका अभिलाषाहरू
आधीवाटोमा भेट भई दिन आए प्रेमका रस
केही पाईला हिडदै जादा छोडी गए आफनै हातहरू

आगो विना नै जलाएर गयौ

मेरो जीवनको हरियाली वातावरणलाई
पतझड झै उजाड बनाएर गयौ
मायाको सदभाव देखाई यो ह्दयलाई
आगो विना नै जलाएर गयौ

जलाउनु थियो भने मेरा संसार जलाउनु पथ्र्यो
किन आधाकिल्चो छोडेर गयौ ?
म त्यही रापमा सदाको लागि विलाएर जान्थ्ये
भन किन मलाई मरि तुल्य बनाएर गयौं ?

कुन जुनीको बदला लिएको हौ तिमीले त्यो पनि त भन ?
किन परिवारवाट छोडाइ एकलो बनाएर गयौ ?
निस्ठुरी र वेईमानी बन्दिन भन्थ्यौ भन
प्रेमको बदला घृणाको विष दिएर गयौ

कुन वैरको कुदष्टिमा तिमीले मलाई ?
प्रेमको नाम दिई विष संगै घोलेर गयौ
मेरो ह्दयलाई छिया छिया बनाई
कसरी तिमी अरु संग हास्दै गयौ ?

जाउ तिमी पनि म जस्तै तडपिने छौ

ह्दय जलेको कथा कसरी सुनाउनु ?

हृदय जलेको कथा कसरी म सुनाउनु ?
आँसुको दहमा थियो मैले नुहाउनु
आफन्तको कुरा खै मैले के बताउनु ?
विझेको त्यो घाउ मैले किन पो दुखाउनु ?

त्याग भित्र पनि प्रेम खोज्नु

मैले पनि तिमी जस्तै निर्मोही बन्नु पर्ने पो थियो
सायद तिमीलाई मायाको त्यो नूनिलो स्वाद दिलाउनु थियो
हो साचै कति पीडा हुदो रहे छ भनी बोध गराउने थियो
तर खै किन यो हृदयमा तिमीलाई दिने माया नै भरिएछ ?

वैरी नै तिमी भए पनि सकिन मेटाउन

हृदयको कुन कुनामा लुकायौ सकिन हटाउन
वैरी नै तिमी भए पनि सकिन मेटाउन
आँखाको तिमी छौ कुन गहिराईमा सकिन नाप्न
सम्बन्धको तिमी कुन साइनोमा छौ सकिन तोड्न

किन पलपल मलाई तडपाउछौ ?

किन पल पल तिमीले
मलाई सदैव तडपाउछौ ?
ह्दयमा लागेको त्यो पुरानो घाउमा
आएर मलाई नुन किन छर्कन्छौ ?

आशा मैले पनि त्यागि सेको छु
तिम्रो माया पाउदिन भनेर
तिम्रो साथ छोडने निर्णय गरिसके
चोट विच सक्दिन रहन सदैव बलेर

तिम्रो निम्ति मेरो प्रेम सस्तो रहेछ क्यारे
र त तिमीले हासेर भुलन खोज्यौ
तिमीलाई प्रेम भन्दा धन र पद ठुलो रहेछ क्यारे
र त तिमीले अरुकै हातलाई सहज रोज्यौ

जाऔ प्रिय अव याद पनि सवै लिएर जाउ
मेरो जीवनमा सपनी जस्तै भो अव नआउ
जे थियो सवै मेटीदेउ नराख ह्दयमा मेरो नाउ
भो प्रिय अव मलाई पलपल अव नतडपाउ

हे युवा तिमी ज्योती भई कहिले बल्नेछौ ?

हे युवा तिमी ज्योती भई कहिले बल्नेछौ ?
ज्ञानको ज्योती शिपको मोत्ती कहिले छर्नेछौ ?
ब्ुद्धको देश जनकको भुमि कहिले चिन्ने छौ ?
शिखर जस्तो अटल विचार कहिले जन्माउने छौ ?

रकसिको मातमा झुमेर मात्र देशले चिन्दैन
युवाको जात उमेरले मात्र पुगेर हुदैन
नजागे युवा देशले पनि काचुली फेर्दैन
कुसंस्कारको सिमा कुसंगत वाटो पुरेर पुरिदैन

कागजमा डिग्री लिएर तिमीले देशको सेवा हुदैन
ह्दयमा खोज नेपाली पन धनमा हुदैन
तिम्रो ह्दयमा देश रहे हुनेछ सम्पन्न
युवाले विर्से देशको माटो वढनेछ विपन्न

वलेको दिप हेरेर मात्र तिमी त नवसनु
पुरानो संस्कार ओढेर तिमीले चुपचाप नहुनु

आँसुको मुहान ह्दयमा फुटयो

आँसुको मुहान ह्दयमा फुटयो कसरी म रोक्नु
बैरीले यादहरू छोडेर गायो कसरी म बिर्सनु
सम्झना मात्र बनेर आउछ म कसरी छेक्नु
बितेका त्यो पल छोपेर मैले कहाँ पो राख्नु ?

कालो फुल…

कसैले फुलेको नदेखिने भनिन्छ कालो फुल
संस्कार वेग्लै जीवन अलगै कस्तो होला यो कुल
पानी विनाको फुलन खोज्ने त्यो कालो फुल
समाजलाई चुनौती दिन्छ मान्दै न आफनो भुल

ढुगा झै चटान पृष्टभुमी लिएर जन्म छ
हुरी र बतास सौर्यको ताप सहेर हुर्कन्छ
अरुको कुल्चाई जीवनको भोगाई लिएर बढदछ
फुलै विचमा अशुभ भई संज्ञा त पाउदछ

मन्दिर चढने आशा केवल आशामा रहिगायो
गालामा राख्ने धागोले पनि पराई पो ठानिगयो
कोपीलामय चिथोर्न खोज्छ विशेषता लुटियो
भाव विनाको शब्दको यात्रा हिडदै देखियो

निरास भाव माटोको पनि कसैले बुझेन
विलासी जिवन खेलको विचमा कसैले देखेन

दिप भित्र ज्योती तिमीले, खोज्न सिकाऔ

हे मेरी प्यारी ह्दयकी रानी तिमी नै मेरी हौ
हजारौ विच आत्माले तिमी मैले त छानेकी थिऔ
रुपलाई भन्दा ह्दय पढे तिमीलाई देख्दा नि
प्रकृति भाव तिमीमा पाउछु तिमीलाई भेटदा नि

शरीरको स्वार्थ देख्दिन तिमीलाई खोज्दछौ जिवन सार
पाए छु मैलो जीवन एउटा अनौठो उपहार
पाईले पिछे सजग बनाउछौ बुझनलाई संसार
स्वंयलाई प्रिय जान्न सिकाऔ त्यागेर अंहकार

दिप भित्र ज्योती तिमीले खोज्नलाई सिकाऔ
मानव भित्र मानवता विज छान्नलाई देखाऔ
लोभको संसार तिमीले प्रिय टाढा बनाऔ
ज्ञानको सार दिएर तिमीले जीवन बचाएऔ

धन र तनमा लोभिने यो मन तिमीले बाध्यौ नि
प्रकृति ज्ञान दिएर तिमीले सार्थक बनाऔ नि

किन तिम्रो याद मलाई सताउछ ?

किन तिम्रा यादहरूले मलाई सताउदछ
हृदयलाई रेटी रेटी आसु किन खोस्दछ,
पोल्ने तयो आगोभन्दा बेसरी नै पोल्दछ
आखाबाट आसु तिम्रो यादमा खस्दछ

के थाहा र तिमीले मलाई छोडेर जानेछौ ?

भुल मैले नै गरे तिम्रो हात समाई हिडन सिकाए
नदेिएको बाटोहरू तिमीलाई मैले बेकारै देखाए
सुन्दर र आकर्षकमा परेर तिमी लोभएछौ
के थाहा र तिमीले मलाई छोडेर जानेछौ ?

भोक र गरिवी

भोक र गरिवीमा पिल्सएका यो मनहरू
काहा तिमी जस्तो भाषा बोल्न र सुन्न सकिन्छ
मलाई त केवल यो तनलाई बाच्ने केही अन्न देऊ
शरीर ढाकने सानो झुपडो देऊ
हो मलाई तिम्रो राज्यको पद बारेमा थाहा छैन
मलाई तिम्रो राज्यको नीतिबारे बोध छैन

हे मेरी मनकी रानी

काहा छौ तिमी हे मेरी मनकी रानी ?
अधुरो नवनोस तिम्रो र मेरो विचको कहानी
भन प्रिय कहिले समर्पण गर्छौ त्यो तिम्रो जवानी ?
कति तडपाउछौ बनेर तिमी बनेर प्रितको बेईमानी ?

सपनीमा मात्र किन तिमी तडपाउन आउछौ ?
हातमा हात समाई किन अंगालो लाउछौ ?
मेरो त्यहि क्षणले वैरी बन्छ आफनै सिरानी
भन प्रिय किन तडपाउन आउछौ जानी जानी ?

भन्न त भनेका छौ मेरै हुन्छु भनेर
कति यसरी बस्यौ तिमीलाई नै सम्झेर
डर लाग्छ कहि तिमी अरुको पो हुने हो मलाई छोडेर
तिमी र म विच वित्ने हो की जीवन छुटिएर

आउ प्रिय धेरै बाटो अव नर्कुन लगाउ
यो ह्दय संग त्यो ह्दय अव मिलाउ
धेरै भो तिमीवाट टाढिएको अव नतडपाउ

चाहिदैन मलाइ तिम्रा सस्तो माया

चाहिदैन मलाइ तिम्रा सस्तो माया
आवश्कता छैन अव तिम्रो कल्पित दाया
तिम्रो झुठो प्रेमको देख्नु छैन अव कुनै छाया
जाउ तिमी अव आवश्यक छैन बसन दाया बाया

एकै हावाको झोकामा खस्ने तिम्रो माया
दुई पाईला नहिडदै सिदिने तिम्रो दाया
मलाई कति दिन सम्म हिडाउन सक्छ दाया र बाया
भो यति सस्तो चाहिदैन तिम्रो माया

तिम्रो मायामा समाज संग लडने साहस देखिन
प्रकतिलाई बुझन सक्निे विस्वास पाईन
स्वार्थ र धनको लोभ पाईन्छ तिम्रो माया
फेसन र यौवनमा लोभिन्छ तिम्रा छाया

फेसन र यौवनमा लोभिने चाहिन त्येति सस्तो माया
लोक प्रियतको लागि गरिने चाहिन त्यति सस्तो दाया

तिम्रो आखावाट मेरो तस्विर हटाई देऊ

तिम्रो आखाबाट मेरो तस्विर अव हटाई देऊ
मलाई पाउने आशा अव तिमीले त्यागि देऊ
हो तिमी त ठुला भनाउदा की सन्तान हौ अरे
अरे म त पानी नछोईने पो परे अरे
मैले तिमी र तिमा्र संस्कारबाट तिस्कृत सदैव हुन सक्दिन
तिम्रो र मेरो विच पर्खालको विच सम्वन्ध जोडन सक्दिन
त्यसैले मेरो आग्रह तिमीलाई भो मलाई विर्सिदेउ
तिम्रो र मेरो विचको त्यो अतितलाई अव मेटी दmे

तिमीलाई अपनाउन सक्ने साहस म भित्र छ
तर तिमीबाटै मैले धोका खान सक्छु
तिमीले नै मलाई लडाउन सक्छौ
त्यसैले आफनै आत्मिएताबाट म हार्न चाहन्न
तिम्रै शत्रु म सदैब बन्न चाहन्न
त्यसैले मेरो आग्रहलाई मान र मलाई एकलो छाडिदेउ

फेरी बन्दको लहर बढदै छ ……

फेरी देशमा बन्द र हडतालको लहर वढदैछ
लोकतन्त्र गणतन्त्रमय देशको खिल्लि उडाउदै
सडक बन्द र हडतालवाट न्याय माग गर्दैछ
कानुनले दिएको पद र वर्दिहरु निरिह भई चुपचाप हेर्दैछ

न्याय नपाएर बन्द र हडताल गर्ने नै हो भने
देशमा अदालतहरुको के काम
भ्रष्ट र लालचीहरुको विरुद्ध अन्न त्याग गर्ने हो भने
आउने साशान प्रक्रियाको के काम

बन्दको संस्कारले गाणतन्त्र लोकतन्त्रको नितीलाई मेटाउन सक्दछ
लोभी स्वाथीहरुको एकल हाबीमा यो सुन्दर मुलुकलाई धर्मराउन सक्दछ
खोजौ नया संस्कार विरोध जनाउने जुन देश पनि फाईदा हुनसक्दछ
नेपालीको सृजनात्मक विरोधवाट विस्वले सिक्न सक्दछ

तिम्रै नामको यो सिउदो

तिम्रै निम्ति यो जोवन साचेको थिए
तिमी आउछौ भनी हर क्षण पर्खेको थिए
तिम्रै नाममा यो सिउदो राखेको थिए
तिम्रै निम्ति हरेक रात रोएको थिए