Skip to content

तिमीलाई नै रोजें


मैले हजारौंमा तिमीलाई नै रोजें त्यसै त रोजिन,
आकाश पाताल कहाँ कहाँ खोजे, त्यसै त खोजिन

हर बटुवाका चेहेराभन्दा पृथक तिम्रो खोजीमा,
बौलाहा सरी चारैतिर डुलें, त्यसै त डुलिन

पाउन केही केही न केही गुमाउननै पर्दो रै’छ,
तिम्रै आशमा संसार त्यागें, त्यसै त त्यागिन

सुन्दरता को पराकाष्ठा नविन फूलको तलासमा,
काँडेपथमा पाइला चालें, त्यसै त चालिन

मेरी आकाशकी फल तिमी, मन थाम्न सकिन,
आए आँप गए झटारो हाने, त्यसै त हानिन

हो तिमी खास छौ, त्यसैले त यो मन को पास छौ,
च्याति मुटु तिमीलाई राखें, त्यसै त राखिन |

1 thought on “तिमीलाई नै रोजें”

Leave a Reply

Your email address will not be published. Required fields are marked *