पस्नक् पन्ह्वा बिमोचित

Bimochan Pasnak Panwa (1)


जंग्रार साहित्यिक बखेरी मलेशियाको प्रकाशन पस्नक् पन्ह्वा संयुक्त गजल संग्रहको बिमोचन भएको छ ।

जेठ ३० गते २०७२ मा त्रिवि कीर्तिपुर परिसरमा ठुम्रार साहित्यिक बखेरीके २८औं शृंखला कार्यक्रमको अवसरमा कृति बिमोचन भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि जिउगर साहित्य समाज, धनगढीका उपाध्यक्ष रबिना चौधरी रब्बु तथा साहित्यिक शृंखलाका सुत्राधार साहित्यकार कृष्णराज सर्वहारीले गजलको संग्रहको संयुक्त रुपमा विमोचन गर्नुभयो । रबिनाले बिदेशमा बस्नेहरूले पनि भाषा साहित्यको सेवामा लागेको देख्दा खुशी व्यक्त गर्नुभयो । यसमा २१ जना गजलकारको १०/१० थान गजल समावेश छ । गजलको संग्रहको सम्पादन कृष्णराज सर्वहारी तथा सोम डेमनडौराले गर्नुभएको छ ।

कार्यक्रम बैशाख १२ को महाभूकम्पमा परेर दिवगंत हुनुभएका कैलालीका गजलकार रामुराजा चौधरीको सम्झनामा १ मिनेट मौनधारण गरी शुरु भएको थियो । कार्यक्रममा श्रष्टाहरूले खासगरी भूइचालको अनुभूतिसम्बन्धी रचना पाठ गरेका थिए ।

कार्यक्रममा जंग्रार साहित्यिक बखेरीका प्रतिनीधि सेवेन्द्र कुशुम्या, पुनाराम चौधरी कर्याबरीक्का, नन्दु चौधरी, एन्जल कुश्मी, मनोज हर्दिउला, सिएन थारु, रोशन रत्गैया, सिताराम चौधरी, मोहन चौधरी, गीता दृष्टि, कृष्ण सर्वहारी लगायत श्रष्टाहरूले रचना सुनाएका थिए ।

रबिना चौधरी रब्बुले रचना पाठ गर्नेहरूलाई तुरुन्त गजलरुपी जवाफ दिएर कार्यक्रम बनाउनु भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *