नेपालगन्ज
भेरी साहित्य समाज नेपालगन्जले प्रेमप्रकाश मल्ल मधुकर प्रथम बार्षिक स्मृति सभाको आयोजनामा प्रेमप्रकाश मल्ल मधुकर पुरस्कार एवं सम्मान तथा बहुभाषि कवि गोष्ठी सभा सम्पन्न गरेको छ ।
प्रेमप्रकाश मल्ल मधुकरको रचनाहरूलाई प्रकाशित गरी चिनाउने कार्य गरेको भन्दै दुई जनालाई नेपालगन्जमा एक समारोह विच सम्मान गरिएको छ ।
साहित्यको माध्यमबाट प्रेमप्रकाश मल्ल मधुकरलाई नेपाल तथा विश्व सामु परिचित गराउन योगदान पुरयाएकोमा साहित्यकार डा.गोपाल प्रसाद शर्मा अधिकारी र पत्रकार पुर्णलाल चुकेलाई सम्मान गरिएको हो ।
प्रमुख अतिथि पूर्व प्राज्ञ सनत रेग्मीले दुवै जनालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
सो बहुभाषि कवि गोष्ठीमा विभिन्न श्रष्टाहरूले कविता, गजल प्रस्तुत गरेका थिए ।
सो कार्यक्रम समाजका अध्यक्ष हरिप्रसाद तिमील्सेनाको सभापतित्वमा सम्पन्न भएको थियो ।

