मध्यपश्चिम स्रष्टा समाज, नेपालगन्जले आज तीन जना स्रष्टाहरूलाई एक कार्यक्रमबीच सम्मान गरेको छ ।
गीत र गजलमा कलम चलाएको भन्दै गीतकार तथा गजलकार डा.कृष्णजङ्ग राणा नेपाली साहित्यमा योगदान पुरयाएको भन्दै आख्यानकार नयनराज पाण्डे, अवधि भाषा र हिन्दी भाषा साहित्यमा योगदान पुर्याएको भन्दै अवधि सर्जक विष्णु कुमाललाई सम्मान प्रमुख अतिथि प्राज्ञ सनत रेग्मीले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सोही अवसरमा डा.कृष्णजङ राणाले एकल हिन्दी र नेपाली गीत गजल प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा डा.कृष्णजङ्ग राणाको व्यक्तित्व बारेमा कवि ऋचा लुइटेलले चर्चा गर्नुभएको थियो । आख्यानकार नयनराज पाण्डे र अवधि सर्जक विष्णु कुमालको व्यक्तित्व बारे पत्रकार शुक्रऋषि चौलागाईले गर्नुभएको थियो ।
सो कार्यक्रममा मध्यपश्चिम स्रष्टा समाज, नेपालगन्जका महेन्द्र वाग्लेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
पूर्व प्राज्ञ सनत रेग्मीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रम मध्यपश्चिम स्रष्टा समाज, नेपालगन्जका अध्यक्ष सृजन लम्सालको सभापतित्वमा सम्पन्न भएको थियो भने सन्चालन सचिव भोजराज शर्माले गर्नुभएको थियो ।

